हिमालयन बैंकले वन पैदावार महासंघका सदस्यलाई विशेष कर्जा दिने
६ भदौ । हिमालयन बैंकले नेपाल वन पैदावार उद्योग व्यवसायी महासंघसँग व्यावसायिक सम्झौता गरेको छ । सम्झौता पछि बैंकले नेपाल वन पैदावार उद्योग व्यवसायी महासंघका सदस्यहरुलाई एसएमइ अन्तर्गत १२ करोडसम्मको विशेष कर्जा प्याकेज दिने भएको छ ।
बैंकले न्युनतम ब्याज दर, कर्जा शुल्क, प्रतितपत्र वा बैंक जमानत जारी गर्न नगद मर्जिन र कमिसनमा बैंक जमानत जारी गर्ने भएको छ। बैंकका अनुसार यो सम्झौता २०७८ साल भाद्र ४ गते शुक्रबार देखि लागु भएको छ ।
उक्त सेवा सो महासंघका सदस्यहरुले बैंकको काठमाण्डौ उपत्यका भित्र र बाहिर रहेका सम्पुर्ण शाखा कार्यालयहरुबाट सहज रुपमा प्राप्त गर्न सक्ने जनाइएको छ ।
हाल बैंकले ७१ शाखाहरु, १४६ एटिएम र ५००० भन्दा बढी पिओएस मसिनहरुबाट बैंकिङ सेवा प्रदान गर्दै आएको छ।
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
-
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
-
भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७ सय ८८ पुग्यो
-
रसुवा बाढी : सेनाद्वारा ४०९ जनाको हवाई उद्धार, त्रिशूली–३ को टनेलमा उद्धार कार्य जारी
-
खरेन्द्रपुरमा रक्तदान, १ सय ४५ पिन्ट रगत संकलन
विजयनगरमा सामुदायिक सहयोगीको तीन दिने तालिम
भदौ १३, २०८३
कपिलवस्तुकाे विजयनगर गाउँपालिका-६, बद्धौरमा सामुदायिक सहयोगी सम्बन्धी तीन दिने तालिम दिएकाे छ । जीआइजेडको साझेदारी, विजयनगर गाउँपालिकाको समन्वय तथा सहकर्मी…


