हेटौँडा क्याम्पसद्वारा ‘श्रीचन्द्र शर्मा स्मृति छात्रवृत्ति कोष’ स्थापना
६ भदौ: हेटौँडा क्याम्पसले श्रीचन्द्र शर्माका स्मृतिमा रु १० लाख राशिको ‘श्रीचन्द्र शर्मा स्मृति छात्रवृत्ति कोष’ स्थापना गरेको छ । क्याम्पसका प्रमुख देवचन्द्र मानन्धरका अनुसार शर्माले क्याम्पसको संस्थापक सदस्यदेखि अध्यक्षसमेत रही २८ वर्षसम्म अतुलनीय योगदान पु¥याएका थिए। क्याम्पस सञ्चालक समितिको हालै सम्पन्न बैठकले सो निर्णय गरेको उनले बताए । कोषको ब्याजको रकमबाट विभिन्न तहका विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिने छ ।
कोषको कार्यविधि निर्माणका लागि अर्पण पराजुलीको संयोजकत्वमा पाँच सदस्यीय समितिसमेत गठन गरिएको छ । समितिले कार्यविधि तयार गरेपछि विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्न सुरुआत गरिने क्याम्पस प्रमुख मानन्धरले जानकारी दिए ।
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
-
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
-
भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७ सय ८८ पुग्यो
-
रसुवा बाढी : सेनाद्वारा ४०९ जनाको हवाई उद्धार, त्रिशूली–३ को टनेलमा उद्धार कार्य जारी
-
खरेन्द्रपुरमा रक्तदान, १ सय ४५ पिन्ट रगत संकलन
विजयनगरमा सामुदायिक सहयोगीको तीन दिने तालिम
भदौ १३, २०८३
कपिलवस्तुकाे विजयनगर गाउँपालिका-६, बद्धौरमा सामुदायिक सहयोगी सम्बन्धी तीन दिने तालिम दिएकाे छ । जीआइजेडको साझेदारी, विजयनगर गाउँपालिकाको समन्वय तथा सहकर्मी…


