‘इन्डियन आइडल १२’ का विजेता पवनदीपले नयाँ भवन खरिद गरे
६ भदौ । पवनदीप राजन लोकप्रिय गायन रियालिटी शो ‘इन्डियन आइडल १२’ को विजेता बनेका छन्। पवनदीप राजन र अरुणिता कांजीलाल को जोडीलाई शो मा धेरै मन पराइएको थियो । जब दुबैले एक साथ गीत गाए, तब उनीहरुको केमिस्ट्रीले सबैको मन जित्न पुग्यो ।
धेरैले उनीहरुलाई एक अर्कालाई मन पराउने अड्कलबाजी गरे पनि पवनदीपले भने एक अन्तर्वार्ताको क्रममा अरुणिता राम्रो साथी भएको बताएका छन् । उनीहरु शो मा नक्कली प्रेमको कुराले धेरै पटक ट्रोल भैसकेका छन् । पछिल्लो समाचार अनुसार पवनदीपले मुम्बईमा अरुणिताको अपार्टमेन्ट बिल्डिंगमा नै एउटा फ्ल्याट खरिद गरेका छन् ।
पवनदीप आफैंले यो खबरको पुष्टि गरेका हुन् । एक कार्यक्रमको क्रममा पवनदीपले भने, ‘मैले मुम्बईमा एक घर किनेको छु र अरुणिता कांजीलालले खरिद गरेको अपार्टमेन्टमा नै मैले पनि एक फ्लैट किनेको हो ।’ आफ्नो गीतको टिजर लन्चमा पवनदीप राजनले एउटा घर किनेको स्वीकार गरेका हुन् ।
रिपोर्टका अनुसार पवनदीप र अरुणिता बाहेक इन्डियन आइडल १२ का अन्य प्रतियोगीहरु पनि एउटै भवनमा घर किन्ने सोचमा छन्। उनीहरुको एउटा स्टुडियो बनाउने योजना रहेको छ ।
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
-
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
-
भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७ सय ८८ पुग्यो
-
रसुवा बाढी : सेनाद्वारा ४०९ जनाको हवाई उद्धार, त्रिशूली–३ को टनेलमा उद्धार कार्य जारी
-
खरेन्द्रपुरमा रक्तदान, १ सय ४५ पिन्ट रगत संकलन
विजयनगरमा सामुदायिक सहयोगीको तीन दिने तालिम
भदौ १३, २०८३
कपिलवस्तुकाे विजयनगर गाउँपालिका-६, बद्धौरमा सामुदायिक सहयोगी सम्बन्धी तीन दिने तालिम दिएकाे छ । जीआइजेडको साझेदारी, विजयनगर गाउँपालिकाको समन्वय तथा सहकर्मी…


