‘ओलीसँग एकताको सम्भावना छैन’
भदौ ७ । प्रस्तावित नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)का नेता डा विजय पौडेलले नेकपा (एमाले)सँग तत्काल कुनै पनि कार्यगत वा पार्टी एकताको सम्भावना नभएको बताएका छन् ।
नेता पौडेलले माधवकुमार नेपालको नेतृत्वमा एमालेमा गरिएको विद्रोह वैचारिक र कार्यशैलीगत समेत रहेको चर्चा गरे। उनले भने, “लोकतन्त्र सिध्याउने प्रपञ्चसहित दुईरदुई पटक संसद् विघटन र कम्युनिस्ट आन्दोलनसमेत समाप्त पार्ने गतिविधि केपी शर्मा ओलीबाट भयो । त्यसविरुद्ध विद्रोहको झण्डा उठाएका हौँ ।”
आधारभूत तहका जनतालाई बजेट तथा कार्यक्रममार्फत सम्बोधन गरी समाजवादी बाटोमा मुलुकलाई लैजानुपर्छ भन्ने पार्टीको सल्लाह लत्याएर पुँजीवादी बाटो अँगालेको, भ्रष्टाचारमा डुबेको र केही निजी क्षेत्रलाई राज्यको सम्पत्ति जिम्मा लगाउने कार्य गरेकाले विद्रोह अनिवार्य भएकोसमेत उनको भनाई रहेको छ ।
एमालेसँग तत्काल कार्यगत वा पार्टी एकतासमेत सम्भव नभएको बताउँदै उनले एमाले अध्यक्ष ओलीविरुद्धको मोर्चामा सहभागी एमालेका नेताहरू अहिले १० बुँदेको अलमलमा परेको बताए ।
यस्तै सांसद मेटमणि चौधरीले संसद् विघटनलगायत संविधान विरोधी कार्यप्रति आत्मआलोचनासहित सार्वजनिक रूपमा अध्यक्ष ओलीले क्षमा मागेको अवस्था र सर्वोच्च अदालतको फैसलाअनुसार एमालेका पूर्ववत् सङ्गठन संरचना पूर्ण रूपमा जीवित बनाएको खण्डमा पुनः एकता सम्भव भए पनि त्यो कार्य अध्यक्ष ओलीबाट नहुने ठोकुवा गरे ।
एमालेसँग तत्कालको अवस्थामा एकता नहुने बरु कम्युनिस्ट आन्दोलनको पुनर्गठनतिर लाग्ने उहाँले बताउनुभयो । बरु नेकपा (माओवादी केन्द्र), राष्ट्रिय जनमोर्चा र जनता समाजवादी पार्टी नेपालसँग सहकार्य, कार्यगत एकता हुँदै पार्टी एकतासम्म नै जान सकिने चौधरीको भनाई छ। गोरखापत्र दैनिकबाट
११ हजारभन्दा धेरैको उद्धार, झण्डै चार हजार जना सम्पर्कविहीन
भदौ १६, २०८३
काठमाण्डौ – एक हप्ताअघि रसुवाको भोटेकोशी नदीमा आएको बाढीमा फसेका र अलपत्र भएकाहरूमध्ये अहिलेसम्म ११ हजारभन्दा धेरैको उद्धार भएको छ…


