नेपाली क्रिकेट टोलीको नयाँ जर्सी सार्वजनिक
७ भदौ । नेपाली क्रिकेट टोलीको नयाँ जर्सी सार्वजनिक भएको छ । जर्सी डिजाइनका लागि खुला गरिएको आह्वानमा आदर्श पोखरेलको डिजाइन छानिएको हो ।
नेपाल क्रिकेट संघ (क्यान) र नेपाली राष्ट्रिय क्रिकेट टोलीको मुख्य प्रायोजक माई सेकेन्ड टिचरले खुला प्रतिस्पर्धाबाट उत्कृष्ट डिजाइन बनाउनेले एक लाख रुपैयाँ पाउने गरी जेठ ३१ गते आवेदन खोलेको थियो ।
क्यानका अनुसार ५ सयवटा डिजाइन क्यानमा आएका थिए । जसबाट छनोटका लागि क्यानले ४ सदस्यीय समिति बनाएको थियो। जसमा क्यानका केन्द्रीय सदस्य छुम्बी लामा, महाप्रवन्धक रौनक मल्ल, म्यानेजर विनोद दास र स्पोन्सरका प्रतिनिधि रहेका थिए ।
कमिटीले छनोट गरेको डिजाइन क्यान बोर्डलाई रिपोर्ट गर्ने र बोर्डले अन्तिम निर्णय बताइएको थियो ।
अवरुद्ध राजमार्गको दबाब व्यवस्थापन गर्दै मकवानपुर प्रहरी
भदौ १७, २०८३
मकवानपुर : हेटौंडा–काठमाडौं सडकखण्डमा यतिबेला सवारीको चाप मात्रै छैन। यात्रुको अधैर्य र अत्यावश्यक सेवाको दबाब पनि उत्तिकै छ। त्रिशूली नदीमा…


