निर्वाचन आयोगले एमाले र जसपालाई सनाखतको निम्ति बोलाएको सुन्दा खुसी लाग्यो : कमल थापा
काठमाडौं, ८ भदौ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष तथा पूर्व उपप्रधानमन्त्री कमल थापाले एमाले र जसपा विभाजन क्रममा निर्वाचन आयोगले सनाखतको निम्ति बोलाएको सुन्दा खुसी लागेको बताएका छन् । सामाजिक सञ्जाल ट्वीटरमा लेख्दै थापाले यस्तो भनेका हुन् ।
साथै, २०७४ सालमा प्रचण्ड र देउवाजीको दबावमा तत्कालिन् प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादव नेतृत्वको निर्वाचन आयोगले विना सनाखत (पर्याप्त प्रमाण विना) राप्रपालाई फुटाई दिएको आरोप लगाउदै थापाले अहिले आफुहरु एक भएको र अब कहिल्यै नफुट्ने बताएका छन् ।
उनि लेख्छन्,“एमाले र जसपा विभाजन क्रममा निर्वाचन आयोगले सनाखतको निम्ति बोलाएको सुन्दा खुसी लाग्यो । ७४ सालमा प्रचण्ड र देउवाजीको दवावमा अयोधीप्रसाद नेतृत्वको निर्वाचन आयोगले विना सनाखत÷पर्याप्त प्रमाण विना राप्रपालाई फुटाई दिएको घटना सम्झिँरहेछु । तथापि हामी अहिले एक भएकाछौँ, कहिल्यै नफुट्ने गरी”।
-
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
-
भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७ सय ८८ पुग्यो
-
रसुवा बाढी : सेनाद्वारा ४०९ जनाको हवाई उद्धार, त्रिशूली–३ को टनेलमा उद्धार कार्य जारी
-
खरेन्द्रपुरमा रक्तदान, १ सय ४५ पिन्ट रगत संकलन
-
विजयनगरमा सामुदायिक सहयोगीको तीन दिने तालिम
६० घण्टापछि माटोमुनिबाट जीवित भेटिइन् ६ वर्षीया मनिषा
भदौ १३, २०८३
रसुवा । भोटेकोसी बाढीमा बेपत्ता भएकी रसुवाको गोसाईकुण्ड गाउँपालिका–२, टिमुरेकी ६ वर्षीया बालिका मनिषा मगरलाई करिब ६० घण्टापछि जीवितै उद्धार गरिएको छ।…


