नेपालको नयाँ दल सरकारमा सहभागी हुने
भदौ ११। नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले लोकतान्त्रिक गठबन्धनलाई बलियो बनाउन आफ्नो पार्टी सरकारमा जाने बताएका छन् । नयाँ पार्टी दर्ता गरेपछि बिहीबार पत्रकार सम्मेलन गर्दै उनले आफूहरू हिजो पनि गठबन्धनमा सहभागी रहेका कारण सत्तारूढ गठबन्धनलाई बलियो बनाउन सरकारमा जाने बताएका हुन् ।
अध्यक्ष नेपालले एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीका क्रान्तिकारीहरुलाई निष्कासन गर्दै गएपछि बाध्य भएर नयाँ पार्टी बनाएको बताए । उनले भने– ‘पार्टी शिथिल मात्रै होइन, मृत प्रायः भयो, यो सबै अवस्था देखेपछि हामी नयाँ ढंगले जाने संकल्प गरेका हौँ ।’ विश्वको इतिहासमा समेत दक्षिणपन्थीहरुको ज्यादतीबाट विद्रोह गर्ने चलन रहेको बताउँदै उनले आफ्नो पार्टीमा देशभरका क्रान्तिकारी नेता कार्यकर्ता रहेको दाबी गरे । ओलीबाट पीडित भएकाहरु नयाँ पार्टीमा आउने क्रम जारी रहेको पनि उनको भनाई छ।
नेपालले एमाले अध्यक्ष ओलीले नवौं राष्ट्रिय महाधिवेशनबाट अध्यक्षमा निर्वाचित भएपछि पार्टी कब्जा गर्न खोजेको आरोप लगाउँदै पार्टीभित्रका क्रान्तिकारी कार्यकर्तालाई जोगाउन र कम्युनिस्ट आन्दोलन जोगाउन, लोकतन्त्र राष्ट्रिय स्वाधीनता र सुशासनको मान्यता लागू गर्न नयाँ पार्टी गठन गरेको बताए।
ओली अग्रगमनका बाधक र प्रतिगमनका बाहक रहेको निष्कर्षपछि आफूले कांग्रेस, माओवादी, जसपासँग छलफल गरेर नयाँ मोर्चा बनाएर ओलीलाई फाल्न सफल भएको पनि नेपालको भनाई रहेको आजको नेपाल समाचारपत्र दैनिकमा खवर छ ।
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
-
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
-
भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७ सय ८८ पुग्यो
-
रसुवा बाढी : सेनाद्वारा ४०९ जनाको हवाई उद्धार, त्रिशूली–३ को टनेलमा उद्धार कार्य जारी
-
खरेन्द्रपुरमा रक्तदान, १ सय ४५ पिन्ट रगत संकलन
विजयनगरमा सामुदायिक सहयोगीको तीन दिने तालिम
भदौ १३, २०८३
कपिलवस्तुकाे विजयनगर गाउँपालिका-६, बद्धौरमा सामुदायिक सहयोगी सम्बन्धी तीन दिने तालिम दिएकाे छ । जीआइजेडको साझेदारी, विजयनगर गाउँपालिकाको समन्वय तथा सहकर्मी…


