ट्रक दुर्घटनामा मृत्यु भएको व्यक्तिको पहिचान खुल्यो
११ भदौ: त्रिभुवन राजपथअन्तर्गत मकवानपुरको भीमफेदी–१ सुपारेटार ब्यारेक नजिक राप्तीखोलामा आज बिहान मालबाहक ट्रक खस्दा मृत्यु भएको एक जना र घाइते दुवैजनाको पहिचान खुलेको छ ।
दुर्घटनामा परी मृत्यु हुनेमा ट्रकमा सवार सिन्धुली लम्पटार–१ का २८ वर्षीय भोजराज बस्नेत रहेको जिल्ला प्रहरी कार्यलय मकवानपुरका प्रहरी प्रवक्ता जयश्वर रिमालले जानकारी दिए । प्रहरीका अनुसार घाइते हुनेमा ट्रक चालक मोरङ सुन्दरहरैचा–८ का ३१ वर्षीय राजन बाँस्कोटा र सोही ट्रकका सहचालक सोही ठाउँ बस्ने २४ वर्षीय सरोज आचार्य रहेका छन् ।
घाइते भएका बाँस्कोटाको चुरेहील अस्पतालमा उपचार भइरहेको छ भने सहचालक आचार्यलाई थपउपचारको लागि काठमाडौँ पठाइएको प्रहरीले जनाएको छ । फलाम बोकेर काठमाडौँ जाँदै गरेको प्रदेश १–०२–००१ ख ८७५९ नम्बरको आइचर ट्रक बिहान आफैँ अनियन्त्रित भई खोलामा खसेको थियो ।
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
-
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
-
भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७ सय ८८ पुग्यो
-
रसुवा बाढी : सेनाद्वारा ४०९ जनाको हवाई उद्धार, त्रिशूली–३ को टनेलमा उद्धार कार्य जारी
-
खरेन्द्रपुरमा रक्तदान, १ सय ४५ पिन्ट रगत संकलन
विजयनगरमा सामुदायिक सहयोगीको तीन दिने तालिम
भदौ १३, २०८३
कपिलवस्तुकाे विजयनगर गाउँपालिका-६, बद्धौरमा सामुदायिक सहयोगी सम्बन्धी तीन दिने तालिम दिएकाे छ । जीआइजेडको साझेदारी, विजयनगर गाउँपालिकाको समन्वय तथा सहकर्मी…


