दिगो विकास लक्ष्यलाई प्राथमिकता दिएर काम गर्न संसदीय समितिको निर्देशन
काठमाडौं । दिगो विकास तथा सुशासन समितिले दिगो विकास लक्ष्यसँग सम्बन्धित सूचनालाई उच्च प्राथमिकता दिई काम गर्न सरकारलाई निर्देशन दिएको छ ।
समितिले विषयगत मन्त्रालयहरुले दिगो विकास लक्ष्यबारे गरेको प्रगति र चुनौती तथा समाधानका उपायबारे छलफल र अनुगमन गर्न आवश्यक रहेको समेत औंल्याएको छ ।
आइतबार सिंहदरबारमा बसेको समितिको बैठकले दिगो विकास लक्ष्य हासिल गर्न प्रदेशसँग सहकार्य गर्नुपर्ने र दिगो विकास लक्ष्यलाई स्थानीयकरण गरी स्थानीय तहको भूमिकालाई प्रभावकारी बनाउनुपर्ने पनि औंल्याएको छ । समितिले तीनवटै तहसँग समन्वय गरी दिगो विकास लक्ष्य प्राप्तितर्फ पहल गर्ने निर्णय समेत गरेको समितिकी सभापति तारादेवी भट्टले जानकारी दिइन् ।
‘आजको बैठक र छलफलपछि यो समिति नेपाल सरकार तथा सरोकारवालाहरुलाई देहाय बमोजिमको जिज्ञासा वा उहाँहरुलाई निर्देशन दिन्छ र दिगो विकास हासिल गर्न संसद र सांसदको पनि विशेष भूमिकाको लागि निम्न प्रतिवद्धता व्यक्त गर्दछ,’ उनले भनिन्, ‘हामीले विषयगत मन्त्रालयहरुले दिगो विकास लक्ष्यबारे गरेको प्रगतिबारे र चुनौती तथा समाधानका उपायहरुबारे छलफल र अनुगमन गर्नु जरुरी छ । त्यसैले दिगो विकास लक्ष्यसँग सम्बन्धित सूचनाहरुलाई उच्च प्राथमिकता दिई कार्य गर्न यो समिति नेपाल सरकारलाई निर्देशन दिन्छ र चरणवद्ध रुपले समितिले अनुगमन पनि गर्नेछ ।’
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
-
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
-
भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७ सय ८८ पुग्यो
-
रसुवा बाढी : सेनाद्वारा ४०९ जनाको हवाई उद्धार, त्रिशूली–३ को टनेलमा उद्धार कार्य जारी
-
खरेन्द्रपुरमा रक्तदान, १ सय ४५ पिन्ट रगत संकलन
विजयनगरमा सामुदायिक सहयोगीको तीन दिने तालिम
भदौ १३, २०८३
कपिलवस्तुकाे विजयनगर गाउँपालिका-६, बद्धौरमा सामुदायिक सहयोगी सम्बन्धी तीन दिने तालिम दिएकाे छ । जीआइजेडको साझेदारी, विजयनगर गाउँपालिकाको समन्वय तथा सहकर्मी…


