रोल्पा-पोखरा सम्पर्क समाजको अध्यक्षमा पूर्णबहादुर पुनमगर चयन
पोखरा । रोल्पा-पोखरा सम्पर्क समाज कास्कीले आफ्नो २४ औं साधारणसभा तथा छैठौं महाधिवेशन गरेको छ । महाधिवेशनबाट पूर्णबहादुर पुनमगरको नेतृत्वमा ९ सदस्यीय नयाँ कार्यसमिति चयन गरिएको छ ।
समितिको उपाध्यक्षमा मनसरा बुढामगर, सचिवमा रामकुमार बुढामगर, सहसचिवमा रमेश विक, कोषाध्यक्षमा तीर्थराज घर्तीमगर चयन भएका छन् । त्यस्तै, सदस्यहरुमा मेनका पुनमगर, फर्की घर्तीमगर, घनपति बुढा र पूर्णबहादुर पुनमगर चुनिएका छन् ।
समाजका निवर्तमान अध्यक्ष प्रसाद बुढामगरले १० कार्यकालपछि नयाँ कार्य समितिलाई पद हस्तान्तरण गरेका हुन् ।
रोल्पाबाट विभिन्न काम तथा पेशा व्यवसायको सिलसिलामा पोखरालाई कर्मथलो बनाएका रोल्पालीले २०६३ सालमा समाज स्थापना गरेका थिए । समाजमा हाल १११ घरपरिवार एकीकृत रहेको निवर्तमान अध्यक्ष बुढामगरले जानकारी दिए ।
बुढामगरले समाजले कास्कीका विभिन्न ठाउँमा छरिएर रहेका रोल्पालीलाई एकीकृत गर्न र भाइचाराको सम्बन्ध बनाइराख्न सहयोग पुगेको बताए । ‘कास्कीभरि छरिएर रोल्पालीहरुलाई भैपरी आउने समस्यामा समाधान गर्न, उद्धारमा टेवा पुर्याउन समाजले अहम् भूमिका खेल्छ,’ उनले भने ।
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
-
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
-
भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७ सय ८८ पुग्यो
-
रसुवा बाढी : सेनाद्वारा ४०९ जनाको हवाई उद्धार, त्रिशूली–३ को टनेलमा उद्धार कार्य जारी
-
खरेन्द्रपुरमा रक्तदान, १ सय ४५ पिन्ट रगत संकलन
विजयनगरमा सामुदायिक सहयोगीको तीन दिने तालिम
भदौ १३, २०८३
कपिलवस्तुकाे विजयनगर गाउँपालिका-६, बद्धौरमा सामुदायिक सहयोगी सम्बन्धी तीन दिने तालिम दिएकाे छ । जीआइजेडको साझेदारी, विजयनगर गाउँपालिकाको समन्वय तथा सहकर्मी…


