मन्त्रिपरिषद्को निर्णयः बढेको सामाजिक सुरक्षा भत्ता कार्यान्वयनमा ल्याइने
भदौ १७ । केपी शर्मा ओली नेतृत्वको तत्कालीन सरकारले गत आर्थिक वर्षको बजेटमार्फत वृद्धि गरेको सामाजिक सुरक्षा भत्ता वर्तमान सरकारले कार्यान्वयनमा ल्याउने भएको छ ।
तत्कालीन अर्थमन्त्री विष्णु पौडेलले बजेट भाषणमा सबै प्रकारको सामाजिक सुरक्षा भत्ता ३३ प्रतिशतले बढाउने निर्णय गरेकाले त्यसलाई सरकार परिवर्तन भए पनि कार्यान्वयन गर्ने निर्णय मन्त्रिपरिषद्को बुधवार बसेको बैठकले गरेको हो ।
सरकार परिवर्तनपछि अर्थमन्त्री जनार्दन शर्माले अघिल्लो सरकारले ल्याएको बजेटमा केही संशोधनका लागि प्रतिस्थापन विधेयकको तयारी गरेका छन् । त्यसमा सामाजिक सुरक्षा भत्ताको विषय भने यथावत् रहने निश्चित भएको छ । बजेटले वृद्धि गरेको भत्ता साउनदेखि नै लागू हुनेछ । प्रत्येक चार महीनामा भत्ता वितरण गरिने भएकाले अब कात्तिकमा लाभग्राहीले बढेको भत्ता एकमुष्ट पाउनेछन् ।
यस्तै मन्त्रिपरिषद् बैठकले स्वीस सरकारद्वारा दिगो तथा सम्मानित रोजगारीका लागि शीप परियोजना, दोस्रो चरणको कार्ययोजनाका लागि प्राप्त हुने १४ दशमलव ७ मिलियन (करीब १ अर्ब ३ करोड) सहायता स्वीकार गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं कानून, न्याय तथा संसदीय व्यवस्थामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए । आर्थिक अभियान दैनिकबाट
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
-
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
-
भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७ सय ८८ पुग्यो
-
रसुवा बाढी : सेनाद्वारा ४०९ जनाको हवाई उद्धार, त्रिशूली–३ को टनेलमा उद्धार कार्य जारी
-
खरेन्द्रपुरमा रक्तदान, १ सय ४५ पिन्ट रगत संकलन
विजयनगरमा सामुदायिक सहयोगीको तीन दिने तालिम
भदौ १३, २०८३
कपिलवस्तुकाे विजयनगर गाउँपालिका-६, बद्धौरमा सामुदायिक सहयोगी सम्बन्धी तीन दिने तालिम दिएकाे छ । जीआइजेडको साझेदारी, विजयनगर गाउँपालिकाको समन्वय तथा सहकर्मी…


