चीनमा व्यापार गर्ने नेपाली व्यापारी २ वर्षदेखि बेरोजगार
भदौ १७ । चीनको तिब्बत क्षेत्रलाई आधार बनाएर व्यापार गर्ने नेपाली व्यापारीहरू करीब २ वर्षदेखि बेरोजगार भएका छन् । कोरोना महामारीका कारण चीनले नेपाली व्यापारीहरूलाई आफ्नो मुलुकमा प्रवेश गर्न र नेपाली सामानलाई समेत चीन निर्यातमा रोक लगाएपछि चीनको तिब्बत क्षेत्रमा सामान निर्यात गर्ने र त्यहाँ बसेर व्यापार गर्दै आएका नेपाली व्यापारीहरू २ वर्षदेखि बेरोजगार बन्न पुगेका हुन् ।
नेपालमा कोरोनाको संक्रमणदर अझे पनि बढिरहेकाले चीन सरकारले आफ्ना नागरिकलाई कोरोनाको संक्रमणबाट जोगाउन नेपाली व्यापारीहरूलाई आफ्नो मुलुकमा प्रवेश गर्न रोक लगाएको हुन सक्ने व्यापारीहरू बताउँछन् । मुख्यगरी नेपालबाट चीनको तिब्बत क्षेत्रमा वनस्पति घ्यू, छुर्पी, मैदा, बेसार, चाउचाउ, चिउरालगायत खाद्य वस्तुसहित नेपााली टुथपेस्ट, अम्लिसोको कुचो, कस्मेटिक सामान र हस्तकलाका सामग्री निर्यात हुने गर्छ । यद्यपि कोरोना महामारीपश्चात् यस्ता वस्तुको निर्यात ठप्प भएको छ ।
नेपाल चाइना केरुङ व्यापारसंघका महासचिव मुकुन्द पौडेलका अनुसार महामारीका कारण व्यापार ठप्प भएपछि तिब्बत क्षेत्रलाई आधार बनाएर व्यापार गर्ने करीब ५ हजारभन्दा बढी कामदार र व्यापारी बेरोजगार भएका छन् । वार्षिक अर्बौं रुपैयाँको कारोबार हुने व्यापार बन्द भएपछि व्यापारीहरू समस्यामा परेको उनले बताए । व्यापार ठप्प भएर घरमा बस्नुपर्ने अवस्था आएपछि अधिकांश नेपाली व्यापारीहरूले महामारी भन्दा पहिले नै आफूले बेचेको सामानको लाखौं रुपैयाँ उठाउन नपाएको उनले सुनाए ।
एकातिर सहज रूपमा नाका सुचारु हुन नसक्नु र अर्कातर्फ नेपाली आयातकर्ता तथा निर्यातकर्ता व्यापारी र तिब्बतमा नै बसेर व्यापार गर्ने कोही पनि नेपाली व्यापारी चीन प्रवेश गर्न नपाउनुले व्यापारीहरूको समस्या बढेको हो । आयातकर्ता व्यापारीहरूले अनलाइनमार्फत सामानको अर्डर गरेर नेपाली बजारमा ल्याएर बेच्न पाइहरेका छन् । तर, चीन सरकारले नेपाली व्यापारीको प्रवेशमा मात्र होइन, नेपाली उत्पादन नै चीन प्रवेशमा रोक लगाइदिएपछि निर्यातकर्ता व्यापारीहरू बेरोजगार बस्नु परेको हो ।
यसअघि चीन सरकारले ७६ सालको असोजदेखि नै भाषागत समस्या भएको भन्दै नेपालबाट चीनतर्फ निर्यात हुने खाद्यान्नलगायत सामानमा चिनियाँ भाषामा नै लेबलिङ र स्टीकर राख्न सुझाव दिएको थियो । त्यस बेलादेखि नै निर्यातकर्ताहरूलाई सामान निर्यात गर्न समस्या भइरहेको थियो । यसमा नेपाल सरकारले कुनै पनि पहल नगर्दा समस्या झनै बढ्दै गएको व्यापारीहरूले बताउँदै आएका छन् । आजको आर्थिक अभियान दैनिकमा प्रशान्त खड्काले खवर लेखेका छन् ।
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
-
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
-
भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७ सय ८८ पुग्यो
-
रसुवा बाढी : सेनाद्वारा ४०९ जनाको हवाई उद्धार, त्रिशूली–३ को टनेलमा उद्धार कार्य जारी
-
खरेन्द्रपुरमा रक्तदान, १ सय ४५ पिन्ट रगत संकलन
विजयनगरमा सामुदायिक सहयोगीको तीन दिने तालिम
भदौ १३, २०८३
कपिलवस्तुकाे विजयनगर गाउँपालिका-६, बद्धौरमा सामुदायिक सहयोगी सम्बन्धी तीन दिने तालिम दिएकाे छ । जीआइजेडको साझेदारी, विजयनगर गाउँपालिकाको समन्वय तथा सहकर्मी…


