नेकपा माओवादी केन्द्रले कृष्णानगरमा वडा कमिटी गठनमा तिव्रता
कृष्णनगर, कपिलवस्तु १७ भाद्र
कपिलवस्तुको कृष्णनगर नगरपालिकामा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)ले वडा कमिटी गठन गरेको छ।
नेकपा माओवादी केन्द्रका नगर अध्यक्ष जावेद आलम खां सचिव गणेश प्रसाद बन्जाडे, केशर वली,लुम्बिनी प्रदेश मदरसा बोर्डका उपाध्यक्ष मौलाना मशहूद खां नेपालीको नेतृत्वमा बुद्धावारका दिन वडा नं४ तथा १२ मा वडा कमिटी गठन भएको छ।
नेकपा माओवादी केन्द्रले कृष्णनगर नपाको १२ वटा वडामा शिघ्र वडा कमिटी गठनगरि भव्य बलियों नगरकमिटी बनाउने तयारीमा रहेको नगर अध्यक्ष जावेद आलम खांले बताएका छन।
वडा नं.४को सिर्सिहवा गाउमा लगभग ४०० बन्दा बढ़ी मान्छेको भेलाले सर्वसहमति बाटा वडा अध्यक्ष गीता देवी सुनार तथा सचिव वसीम फकीरको नेतृत्वमा१६ सदस्यीय वडा कमिटी गठन भएको र वडा नं.१२को मानपुर गाउमा ३०० भन्दा बढ़ी मान्छेको भेलाले सर्वसहमति बाट वडा अध्यक्षमा मुजम्मिल मुसलमान तथा सचिव कमला प्रसाद यादवको नेतृत्वमा १६ सदस्यीय वडा कमिटी गठन गरिएको जानकारी नगरसचिव गणेश प्रसाद बन्जाडेले दिएका छन।
नवनियुक्त पदाधिकारीहरुलाई नगर अध्यक्ष जावेद आलम खां तथा केशर वलीले टिका लगाई स्वागत गर्दै आआफ्नो पदमा वसी पार्टीको हकहितमा काम गर्न तथा आउने निर्वाचनमा पुर्ण बहुमत हासिल गर्नका लागि आजै देखि लाग्ने निर्देशन दिदै नवनियुक्त पदाधिकारी हरु लाई सपथ समेत खुवाए।
उपस्थित जनतालाई लुम्बिनी प्रदेश मदरसा बोर्डका उपाध्यक्ष मौलाना मशहूद खां नेपालीले हृदय देखि धन्यवाद दिदै नवनियुक्त पदाधिकारीहरु लाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना समेत दिए।
सदियो देखि नेपालमा चल्दै आएको राजतंन्त्र तथा जातिय विभेदलाई अन्त गर्नका लागि नेकपा माओवादी केन्द्रले ठुलो संघर्ष गरेको छ।देशमा माओवादी केन्द्रले ठुलो परिवर्तन ल्याएको छ बिच बिचमा केही असमाजिक तत्वहरुको कारणले पार्टीले धोका पनि खाएको छ तर पनि माओवादी केन्द्रले देशको हक हितको लागि काम गर्नका लागि उचित निर्णयगरि सुखी शान्ति समृद्धि नेपाल बाउने प्रयासमा लागेको छ। गाउगाउमा सिंहदरबार पहुचाउनको लागि लिएको संकल्पलाई पुरा गर्दै अगाडी बढ़ी रहेको कुरा उपाध्यक्ष खां नेपालीले बताउनु भयो ।
कार्यक्रमलाई सफल बनाउनको लागि शाहिद खां,मोहम्मद मुस्लिम,प्रहलाद यादव लगायतहरुले महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए।
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
-
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
-
भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७ सय ८८ पुग्यो
-
रसुवा बाढी : सेनाद्वारा ४०९ जनाको हवाई उद्धार, त्रिशूली–३ को टनेलमा उद्धार कार्य जारी
-
खरेन्द्रपुरमा रक्तदान, १ सय ४५ पिन्ट रगत संकलन
विजयनगरमा सामुदायिक सहयोगीको तीन दिने तालिम
भदौ १३, २०८३
कपिलवस्तुकाे विजयनगर गाउँपालिका-६, बद्धौरमा सामुदायिक सहयोगी सम्बन्धी तीन दिने तालिम दिएकाे छ । जीआइजेडको साझेदारी, विजयनगर गाउँपालिकाको समन्वय तथा सहकर्मी…


