पर्सामा स्मार्ट लकडाउन, स्वास्थ्य मापदण्ड पालना नभए प्रशासनले कारबाही गर्ने
वीरगञ्ज । जिल्ला प्रशासन कार्यालय पर्साले स्मार्ट लकडाउन सम्बन्धी कार्यविधि २०७८ को पालनामा गम्भीर हुन आग्रह गरेको छ । कोभिड–१९ को संक्रमण जिल्लामा घटेसँगै स्वास्थ्य मापदण्ड पालना हुन छाडेसँगै प्रशासनले सर्वसाधारण, स्थानीय तह लगायत सरोकारवालालाई त्यस्तो आदेश दिएको हो ।
जिल्ला प्रशासनले कोरोनाको जोखिमलाई ध्यानमा राखेर वीरगञ्जस्थित इनर्वा नाका बाहेकका भारतबाट जिल्ला प्रवेश गर्ने अन्य नाकाबाट सीमा वारपार आवागमनमा रोक लगाइएको जनाएको छ । वीरगञ्ज इनर्वा सीमा नाकाबाट पनि विदेशी नागरिकको हकमा प्रवेश निषेध गरिएको छ ।
नेपाल प्रवेश गर्ने नेपाली नागरिकले समेत आवश्यक स्वास्थ्य जाँच र प्रक्रिया पुर्याई स्थानीय तहले तोकको आइसेलेसन सेन्टर वा होम आइसोलेसनमा अनिवार्य बस्नुपर्ने सूचनामा उल्लेख छ ।
प्रमुख जिल्ला अधिकारी पिताम्बर घिमिरेद्वारा जारी सूचनामा भनिएको छ, ‘सर्वसाधारण नागरिक, सरकारी, सार्वजनिक, गैरसरकारी एवं निजी कार्यालय, निकाय, संघ–संस्थाहरुले सेवा प्रवाह, पेशा व्यवसाय सञ्चालन लगायतका कार्य गर्दा स्वास्थ्य सुरक्षाका मापदण्ड अनिवार्य रुपमा पलना गर्नु/गराउनुपर्ने, अनावश्यक रुपमा भीडभाड गर्ने, सभा–जुलुस गर्ने, जात्रा महोत्सव, भोजभतेर जस्ता कार्य नगर्ने, नगराउने साथै चाडपर्व मनाउँदा न्यून सहभागितामा सांकेतिक रुपमा मनाउने, विद्यालय सञ्चालन सम्बन्धित स्थानीय तहहरुले नै कोभिड– संक्रमण जोखिम नियन्त्रणका लागि स्मार्ट लकडाउन सम्बन्धी कार्यविधि २०७८ को मापदण्ड मुताविक स्वास्थ्य मापदण्डको पालना गर्दै डीसीएमसीको समन्वयमा गर्ने गराउने ।’
स्वास्थ्य सुरक्षा मापदण्ड लगायत अन्य निर्देशन पालना भए नभएको अनुगमन गर्न सहायक प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा रहेको अनुगमन समिति र सुरक्षा निकायबाट नियमित गरिने प्रमुख जिल्ला अधिकारी घिमिरेले जानकारी दिए ।
‘आदेश र मापदण्डहरु पालना भए नभएको अनुगमन गर्छौं । अनुगमन गर्दा ऐन कानूनका मापदण्ड पालना नभएको पाइए कारबाही गर्छौं,’ उनले भने ।
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
-
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
-
भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७ सय ८८ पुग्यो
-
रसुवा बाढी : सेनाद्वारा ४०९ जनाको हवाई उद्धार, त्रिशूली–३ को टनेलमा उद्धार कार्य जारी
-
खरेन्द्रपुरमा रक्तदान, १ सय ४५ पिन्ट रगत संकलन
विजयनगरमा सामुदायिक सहयोगीको तीन दिने तालिम
भदौ १३, २०८३
कपिलवस्तुकाे विजयनगर गाउँपालिका-६, बद्धौरमा सामुदायिक सहयोगी सम्बन्धी तीन दिने तालिम दिएकाे छ । जीआइजेडको साझेदारी, विजयनगर गाउँपालिकाको समन्वय तथा सहकर्मी…


