रोयल्टी व्यवस्थापन बोर्ड गठनको प्रस्ताव
काठमाडौं । सरकारले रोयल्टी व्यवस्थापन बोर्ड गठनको प्रस्ताव गरेको छ । प्रतिलिपि अधिकार (पहिलो संशोधन) विधेयकमाथिको दफावार छलफलका क्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले रोयल्टी सम्बन्धी कार्य एकै ठाउँबाट गर्ने गरी बोर्ड गठनको प्रस्ताव गरेको हो ।
१९ जेठ २०७७ मा राष्ट्रियसभामा दर्ता भएको प्रतिलिपि अधिकार संशोधन विधेयक विषयगत समिति (विधायन व्यवस्थापन) समितिमा दफावार छलफलमा छ । प्रस्तावित विधेयकमा बोर्ड गठनको विषय उल्लेख छैन । तर, विधेयकमाथिको दफावार छलफलका क्रममा मन्त्रालयले यस्तो प्रस्ताव गरेको हो ।
‘प्रतिलिपि अधिकारका विषयहरु साहित्य, कला, ज्ञान, विज्ञान र यस्ता क्षेत्रहरुको विकास र प्रवद्र्धन गरी प्रतिलिपि अधिकारका धनीहरुको अधिकार संरक्षण गर्न एकीकृत रुपमा रोयल्टी व्यवस्थापन बोर्ड गठन हुनेछ,’ मन्त्रालयको प्रस्ताव छ ।
रोयल्टी व्यवस्थापन बोर्डमा नेपाल सरकारले मनोनित गरेका व्यक्ति अध्यक्ष हुने, सम्बन्धित मन्त्रालयका उपसचिव, अर्थ, सञ्चार र गृह मन्त्रालयका प्रतिनिधि सदस्य हुने प्रस्तावित व्यवस्था छ । विधागत रोयल्टी संकलनका क्षेत्रसँग सम्बन्धित व्यक्तिहरु मध्येबाट समेत बोर्ड सदस्य हुने भनिएको छ । प्रतिलिपि अधिकार रजिष्टारको कार्यालयका रजिष्टारले बोर्डको सदस्य सचिवको जिम्मेवारी सम्हाल्नेछन् ।
बोर्डलाई आवश्यक नीति, कानून निर्माण गर्ने, प्रतिलिपि अधिकार क्षेत्रहरुको विकासका लागि योजना तथा कार्यक्रम तयार गरी कार्यान्वयन गर्ने, यस क्षेत्रको विकासका लागि अध्ययन अनुसन्धान गर्ने, प्रतिलिपि अधिकारको सार्वजनिक प्रयोग गरेबापत प्राप्त हुने रोयल्टी निर्धारण गर्ने अधिकार दिने प्रस्ताव गरिएको छ ।
बोर्ड मातहत रहने गरी प्रत्येक विधासँग सम्बन्धित क्षेत्रका विज्ञहरु र सम्बन्धित व्यक्तिहरु रहने गरी बढीमा सात सदस्यीय विधागत रोयल्टी संकलन संस्थाहरु गठन गर्ने कानूनी व्यवस्थाको प्रस्ताव पनि मन्त्रालयले गरेको छ ।
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
-
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
-
भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७ सय ८८ पुग्यो
-
रसुवा बाढी : सेनाद्वारा ४०९ जनाको हवाई उद्धार, त्रिशूली–३ को टनेलमा उद्धार कार्य जारी
-
खरेन्द्रपुरमा रक्तदान, १ सय ४५ पिन्ट रगत संकलन
विजयनगरमा सामुदायिक सहयोगीको तीन दिने तालिम
भदौ १३, २०८३
कपिलवस्तुकाे विजयनगर गाउँपालिका-६, बद्धौरमा सामुदायिक सहयोगी सम्बन्धी तीन दिने तालिम दिएकाे छ । जीआइजेडको साझेदारी, विजयनगर गाउँपालिकाको समन्वय तथा सहकर्मी…


