एकीकृत समाजवादीमा कायम गरिदिन माग गर्दै सांसद पाण्डे र भट्ट सर्वोच्चमा
काठमाडौं । नेकपा एमालेका सांसद सोमप्रसाद पाण्डे र शारदादेवी भट्टले आफूहरुलाई नेकपा एकीकृत समाजवादीको सांसद कायम गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट दिएका छन् ।
बुधबार प्रतिनिधिसभा सदस्य पाण्डे र राष्ट्रियसभा सदस्य भट्टले सर्वोच्च अदालतमा दिएको रिटमा आफूहरुले समयमा नै एकीकृत समाजवादी रोजे पनि निर्वाचन आयोगले सनाखत नगरिदिएको भन्दै एकीकृत समाजवादी दल कायम गर्न अन्तरिम आदेश माग गरेका छन् ।
उनीहरुले हालसम्मको अभिलेखमा आफूहरु एमाले सांसद रहेको भन्दै मुद्दाको अन्तिम किनारा नलाग्दासम्म आफूहरुमाथि एमालेले गर्न सक्ने कारबाही रोक्न पनि अन्तरिम आदेश माग गरेका छन् ।
निर्वाचन आयोगले नेकपा एकीकृत समाजवादी रोजेका केन्द्रीय सदस्य र सांसदलाई सनाखत गर्न बोलाउँदा पाण्डे र भट्ट पनि आयोग कार्यालय पुगेका थिए । तर पहिले दिएको निवेदनमा नाम नरहेको भन्दै आयोगले उनीहरुको नाममा सनाखत गर्न अस्वीकार गरेको थियो ।
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
-
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
-
भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७ सय ८८ पुग्यो
-
रसुवा बाढी : सेनाद्वारा ४०९ जनाको हवाई उद्धार, त्रिशूली–३ को टनेलमा उद्धार कार्य जारी
-
खरेन्द्रपुरमा रक्तदान, १ सय ४५ पिन्ट रगत संकलन
विजयनगरमा सामुदायिक सहयोगीको तीन दिने तालिम
भदौ १३, २०८३
कपिलवस्तुकाे विजयनगर गाउँपालिका-६, बद्धौरमा सामुदायिक सहयोगी सम्बन्धी तीन दिने तालिम दिएकाे छ । जीआइजेडको साझेदारी, विजयनगर गाउँपालिकाको समन्वय तथा सहकर्मी…


