नेपाल बैंक चन्द्रौटा द्धारा विद्यालयलाई पंखा सहयोग
माधव बेल्बासे चन्द्रौटा,कपिलवस्तु
नेपाल बैंक लिमिटेड चन्द्रौटा शाखाले एक विद्यालयलाई २० थान पंखा सहयोग गरेको छ । संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत शिवराज नगरपालिका ४ मा रहेको समयथान मावि खरेन्द्रपुरलाई उक्त सामाग्री वितरण गरेको शाखा प्रमुख नवराj आचार्यले बताउनुभयो ।
पंखा हस्तान्तरण गर्दै शिवराज नगरपालिकाका प्रमुख नेत्रराज अधिकारीले बैंकहरु रकम लेनदेनको मात्र कारोबार गर्ने गरेपनि अब सामाजिक काममा केहि रकम खर्च गर्नुपर्ने बताउनुभयो । नेपाल बैंक ले एक विद्यालय लाई पंखा सहयोग गरि विद्यार्थीहरुको अध्यापनमा सहयोग गरेकोमा धन्यवाद दिनुभयो ।
अधिकारीले नेपाल बैंकले जस्तै अन्य बैंकले पनि विविध सामाजिक कार्यमा लागनी गर्न आग्रह गर्नुभयो । नेपाल बैंकका लुम्बिनी प्रदेश प्रमुख लेखनाथ भुुसालले बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत प्रत्येक वर्ष शिक्षा,स्वास्थ्य लगाएतका क्षेत्रमा काम गरेको बताउनुभयो ।
पंखाको अभावले विद्यार्थीहरुलाई गर्मी मौसममा पढन समस्या भएकोले यस विद्यालयलाई छनोट गरि सहयोग गरेको बताउनुभयो । विद्यालयका प्रधानाध्यापक गिरी प्रसाद गैरेले विद्यालयलाई विद्युतिय सामाग्री सहयोग गरेकोमा नेपाल बैंकलाई धन्यवाद दिनुभयो । नया बनेका संरचना तथा पुराना विद्युतिय सामाग्रीहरु विग्रीएकाले अब यि पंखा जडान पश्चात शिक्षण कृयाकलापमा सहज हुने बताउनुभयो । कार्यक्रममा विद्यालय व्यवास्थापन समितिका पदाधिकारी,शिक्षकहरुको सहभागिता रहेको थियो ।
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
-
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
-
भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७ सय ८८ पुग्यो
-
रसुवा बाढी : सेनाद्वारा ४०९ जनाको हवाई उद्धार, त्रिशूली–३ को टनेलमा उद्धार कार्य जारी
-
खरेन्द्रपुरमा रक्तदान, १ सय ४५ पिन्ट रगत संकलन
विजयनगरमा सामुदायिक सहयोगीको तीन दिने तालिम
भदौ १३, २०८३
कपिलवस्तुकाे विजयनगर गाउँपालिका-६, बद्धौरमा सामुदायिक सहयोगी सम्बन्धी तीन दिने तालिम दिएकाे छ । जीआइजेडको साझेदारी, विजयनगर गाउँपालिकाको समन्वय तथा सहकर्मी…


