नक्कली बम राखेर आतंक फैलाउने तीनजना पक्राउ
भदौ २७ । नक्कली बम राखेर आतंक फैलाएको आरोपमा ३ जनालाई काठमाडौं प्रहरीले पक्राउ गरेको छ । पक्राउ परेका काठमाडौं फुटुङ्गका आशिष कुँवर, अभिषेक कुँवर र रोल्पा कुतेलीका अम्मर बहादुर रोका मगरलाई महानगरीय प्रहरी परिसर काठमाडौले आइतबार पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरेको छ ।
उनीहरुले फिरौति अशुल्ने प्रयोजनका लागि आतंक फैलाएको पाइएको महानगरीय प्रहरी परिसरका प्रमुख अशोक सिहले बताउनुभयो ।
यही भदौ २४ गते राजधानीको बानेश्वर मैतिदेबी सडक खण्डमा रहेको आँखा उपचार केन्द्रको तेश्रो तल्लाको शौचालयमा उनीहरुले शंकास्पद बस्तु राखेको बताइएको छ । सहकारीबाट लिएको १७ लाख रुपैया तिर्ने पैसा जुटाउन यस्तो कार्य गरेको अभियुक्तहरुले प्रहरीलाई बयान दिएको बताइएको छ ।
यसैगरी लैनचौर महानगरीय प्रहरी बृतले लागुऔषध अफिम २ केजि २ सय २४ ग्रामसहित ३ जनालाई पक्राउ गरेको छ । पुर्वी रुकुम रुकुमकोट गाउपालिकाकी धनमाया पुन, रुपन्देही तिलोतमा नगरपालिका ९ का रुद्र राना र जोतन पुनलाई पक्राउ गरिएको बृतका प्रमुख दुर्गाप्रसाद दाहालले जानकारी दिनुभएको छ ।
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
-
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
-
भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७ सय ८८ पुग्यो
-
रसुवा बाढी : सेनाद्वारा ४०९ जनाको हवाई उद्धार, त्रिशूली–३ को टनेलमा उद्धार कार्य जारी
-
खरेन्द्रपुरमा रक्तदान, १ सय ४५ पिन्ट रगत संकलन
विजयनगरमा सामुदायिक सहयोगीको तीन दिने तालिम
भदौ १३, २०८३
कपिलवस्तुकाे विजयनगर गाउँपालिका-६, बद्धौरमा सामुदायिक सहयोगी सम्बन्धी तीन दिने तालिम दिएकाे छ । जीआइजेडको साझेदारी, विजयनगर गाउँपालिकाको समन्वय तथा सहकर्मी…


