इरानले सुरु गर्यो अफगानिस्तानसँगको हवाई सेवा
काठमाडौं । तालिबानले अफगानिस्तानमा कब्जा जमाएपछि पहिलोपटक इरानले आफ्नो हवाई सेवा सुरु गरेको छ ।
इरानको सरकारी च्यानल अल अलमले यो जानकारी दिएको हो । समाचारमा उल्लेख गरिएअनुसार बुधबार इरानको महान एयरलाइन्सकोको विमान १९ यात्री बोकेर काबुल आइपुगेको हो ।
यसअघि सोमबार पाकिस्तानको एक विशेष फ्लाइट काबुल आएको थियो र केही मानिसलाई लिएर इस्लामावाद फिर्ता गएको थियो । गत साता कतार एयरवेजको एक उडानबाट १२ जना मानिसलाई अफगानिस्तानबाट उद्धार गरिएको थियो ।
इरानले अफगानिस्तानमा सबै समूहको प्रतिनिधित्व हुने गरी सरकार गठन हुनुपर्ने बताउँदै आएको थियो । अफगानिस्तानसँग इरानको ९४५ किलोमिटर लामो सीमा जोडिएको छ ।
इरानले अफगानिस्तानका आठ लाख दर्ता भएका शरणार्थी छन् । पछिल्लो चार दशकदेखि २० लाखभन्दा धेरे कागजात नभएका अफगान नागरिक इरानमा बस्दै आएका छन् ।
एजेन्सीहरुको सहयोगमा
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
-
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
-
भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७ सय ८८ पुग्यो
-
रसुवा बाढी : सेनाद्वारा ४०९ जनाको हवाई उद्धार, त्रिशूली–३ को टनेलमा उद्धार कार्य जारी
-
खरेन्द्रपुरमा रक्तदान, १ सय ४५ पिन्ट रगत संकलन
विजयनगरमा सामुदायिक सहयोगीको तीन दिने तालिम
भदौ १३, २०८३
कपिलवस्तुकाे विजयनगर गाउँपालिका-६, बद्धौरमा सामुदायिक सहयोगी सम्बन्धी तीन दिने तालिम दिएकाे छ । जीआइजेडको साझेदारी, विजयनगर गाउँपालिकाको समन्वय तथा सहकर्मी…


