साम्बा भएको भए २०/२५ गोल गर्थ्यौं : प्रशिक्षक ग्यारी फिलिप्स
काठमाडौं । नेपाली राष्ट्रिय महिला टोलिका प्रशिक्षक ग्यारी फिलिप्सले एएफसी वुमन्स एसिया कप २०२२ को छनोट अन्तर्गत हङकङविरुद्धको खेलमा नेपाल हाबी भए पनि गोल गर्न नसक्दा बराबरीमा रोकिनुपरेको बताएका छन् ।
मंगलबार उज्वेकिस्तानको ताश्केन्तस्थित जेएआर स्टेडियममा भएको समूह एफको दोस्रो खेलमा नेपालले वरीयतामा २५ स्थान माथि रहेको हङकङसँग गोलरहित बराबरी खेलेको थियो । नेपाललाई एसिनय कप छनोटको सम्भावना कायम राख्न यो खेल जित्नै पर्ने भए पनि नतिजा त्यस्तो आएन ।
पहिलो खेलमा आफ्नै गल्तीमा अन्तिममा दुई गोल बेहोरेपछि नेपाल अग्रता लिएर पनि फिलिपिन्ससँग २-१ ले पराजित भएको थियो ।
दुई खेलबाट १ अंक मात्र जोड्न सफल नेपाल एसियन कप होडबाट बाहिरियो ।
हङकङविरुद्ध खेलमा नेपालले पकड बनाए पनि गोल गर्न चुक्यो । यस्तो नेपालले सावित्रा भण्डारी साम्बालाई स्पष्ट रुपमा मिस गर्यो । प्रशिक्षक ग्यारीले पनि यो स्वीकार गरे ।
उनले साम्बा भएको भए नेपालले गोल गर्न सक्ने बताए । ‘साम्बाको अभाव टोलीलाई शतप्रतिशत महसुस भयो’ ग्यारीले भने,‘यदि आजको खेलमा साम्बा भएको भए सम्भवत हामीले हङकङलाई २०/२५ गोल गर्थ्यौं ।’
ग्यारी नेपालले सबै क्षेत्रमा राम्रो खेले पनि गोल गर्न मात्र नसकेको बताए । ‘हामीले सबै क्षेत्रमा राम्रो खेल्यौँ । तर पोष्टमा गोल गर्न मात्र सकेनौँ ।’
उनले फिलिपिन्स र हङकङ दुवै टिमविरुद्ध नेपालले राम्रो खेलेको समेत बताए ।
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
-
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
-
भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७ सय ८८ पुग्यो
-
रसुवा बाढी : सेनाद्वारा ४०९ जनाको हवाई उद्धार, त्रिशूली–३ को टनेलमा उद्धार कार्य जारी
-
खरेन्द्रपुरमा रक्तदान, १ सय ४५ पिन्ट रगत संकलन
विजयनगरमा सामुदायिक सहयोगीको तीन दिने तालिम
भदौ १३, २०८३
कपिलवस्तुकाे विजयनगर गाउँपालिका-६, बद्धौरमा सामुदायिक सहयोगी सम्बन्धी तीन दिने तालिम दिएकाे छ । जीआइजेडको साझेदारी, विजयनगर गाउँपालिकाको समन्वय तथा सहकर्मी…


