गोरखामा अवैध रुपमा ओसारपसार भएको सालको काठ बरामद
गोरखा । गोरखामा अवैध रुपमा ओसारपसार भएको सालको काठ प्रहरीले बरामद गरेको छ । गोरखा नगरपालिका–३ गंगटेघाटबाट मंगलबार बेलुकी ४७ थान सालको काठको गोलिया बरामद गरिएको प्रहरीले जनाएको छ ।
काठसँगै प्रहरीले काठ ओसारपसारमा प्रयोग भएको ग १ त ६८९५ नम्बरको ट्याक्टर, काठ काट्न प्रयोग भएको आरा दुई थान र बञ्चरो दुई थान समेत बरामद गरेको छ ।
पेट्रोलिङ गस्तीमा गएको प्रहरी टोलीले देखेपछि काठ ओसारपसारमा संलग्न रहेकाहरु भने भागेका थिए । बरामद गरिएको काठ, ट्याक्टर र औजार डिभिजन वन कार्यालयलाई बुझाइएको जिल्ला प्रहरी कार्यालय गोरखाका डीएसपी प्रकाश दाहालले बताए ।
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
-
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
-
भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७ सय ८८ पुग्यो
-
रसुवा बाढी : सेनाद्वारा ४०९ जनाको हवाई उद्धार, त्रिशूली–३ को टनेलमा उद्धार कार्य जारी
-
खरेन्द्रपुरमा रक्तदान, १ सय ४५ पिन्ट रगत संकलन
विजयनगरमा सामुदायिक सहयोगीको तीन दिने तालिम
भदौ १३, २०८३
कपिलवस्तुकाे विजयनगर गाउँपालिका-६, बद्धौरमा सामुदायिक सहयोगी सम्बन्धी तीन दिने तालिम दिएकाे छ । जीआइजेडको साझेदारी, विजयनगर गाउँपालिकाको समन्वय तथा सहकर्मी…


