बागमती प्रदेश प्रहरीले सबै वडामा गुनासो पेटिका राख्ने
हेटौंडा । बागमती प्रदेश प्रहरी कार्यालयले स्थानीय तहका वडासम्म गुनासो तथा सुझाव पेटिका राख्ने भएको छ । सेवालाई प्रभावकारी बनाउँदै जनविश्वास अभिवृद्धि गर्ने उद्देश्यका साथ वडा तहसम्म सुझाव पेटिका राख्ने तयारी थालेको बागमती प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।
आइतबारदेखि रसुवाबाहेक अन्य ९ जिल्लाका स्थानीय तहका १ सय ५१ वटा वडाबाट सुझाव पेटिका राख्न थालिने कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिए । चालु आर्थिक वर्षमा प्रदेशका कम्तीमा २० प्रतिशत वडामा गुनासो तथा सुझाव पेटिका राख्ने लक्ष्य प्रहरीले लिएको छ ।
प्रदेशका सबै स्थानीय तहमा दुई चरणमा गरी सुझाव तथा गुनासो पेटिका राखिने भएको छ । नागरिकमाझ जान सके कामलाई प्रभावकारी बनाउन सकिने विश्वास अनुसार अभियानलाई अघि बढाइएको अधिकारीले बताए ।
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
-
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
-
भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७ सय ८८ पुग्यो
-
रसुवा बाढी : सेनाद्वारा ४०९ जनाको हवाई उद्धार, त्रिशूली–३ को टनेलमा उद्धार कार्य जारी
-
खरेन्द्रपुरमा रक्तदान, १ सय ४५ पिन्ट रगत संकलन
विजयनगरमा सामुदायिक सहयोगीको तीन दिने तालिम
भदौ १३, २०८३
कपिलवस्तुकाे विजयनगर गाउँपालिका-६, बद्धौरमा सामुदायिक सहयोगी सम्बन्धी तीन दिने तालिम दिएकाे छ । जीआइजेडको साझेदारी, विजयनगर गाउँपालिकाको समन्वय तथा सहकर्मी…


