तालिबानले चार अपहरणकारीको शव चोकमा झुण्ड्याएर दिन खोजेको सन्देश
काठमाडौं। तालिबानले अफगानिस्तानको राजधानी काबुल कब्जा गरेको एक महिनाभन्दा बढी भइसक्यो । २० वर्षसम्म विदेशी फौजसँग लडेको तालिबानले अन्तिममा आएर कुनै रक्तपातबिनै सत्तामा आएको छ । तर आजको मितिसम्म कुनै मुलुकले पनि उसको सत्तालाई मान्यता दिएको छैन ।
सन् ९० को दशकमा तालिबानले निकै अमानवीय र क्रुर तबरले सत्ता चलाएको थियो । उसको पुरानो छविले विश्व समुदाय सशंकित बनेको छ । यही भएर पश्चिमासहितका अधिकांश मुलुकले तालिबानमाथि दबाब दिइरहेका छन् ।
मानव अधिकार, महिला अधिकार र समावेशी सरकार गठन लगायतका माग पूरा भएपछि तालिबान सत्तासँग सहकार्य गर्न सकिने अन्तर्राष्ट्रिय समुदायको बताइरहेको छ ।
तालिबानले समेत सत्तामा आएपछि मानव अधिकार, महिला अधिकार र समावेशी सरकारको मागप्रति आफूहरू सकरात्मक रहेको बताइसकेको छ । तालिबानले केही दिनअघि अन्तरिम सरकारलाई विस्तार गरेको छ । बिस्तारित अन्तरिम सरकारमा हजारा र ताजिक समुदायलाई केही हदसम्म सामेल गराइएको भएपनि महिलाको प्रतिनिधित्व शून्य छ ।
अन्तर्राष्ट्रिय समुदायले लचक एवं उदार हुन भनिरहेका बेला तालिबानका एकजना संस्थापक नेताले सजायँ स्वरूप मृत्युदण्ड दिने र हातखुट्टा छेदन गर्ने नियम पुनः लागू गरेका बताएका छन् ।
यसअघि तालिबानको इस्लामिक कानून पालना गराउने विभागको प्रमुख भइसकेका मुल्लाह नूरुद्दीन तुराबीले विश्व समुदायलाई आफूहरूको योजनामा हस्तक्षेप नगर्न भनेका छन् ।
‘मैदानमा सजायँ दिएको भनेर सबैले हाम्रो आलोचना गर्छन् तर हामीले उनीहरूको कानून र सजायँ दिने तरिकाबारे कहिल्यै टिप्पणी गरेका छैनौ, तुराबीले शनिबार चेतावनी दिँदै भनेका थिए, हाम्रो कानून कस्तो हुने भनेर अरुले सिकाउनु पर्दैन। हामीहरूले इस्लामको पालना गर्छौं र कुरानका आधारमा कानून बनाउँछौं।’
यसैबीच तालिबानले चारजनाको शव हेरातको सार्वजनिक स्थलमा झुण्ड्याएको छ । तुराबीले कडा सजायँ स्वरूप मृत्युदण्ड दिने भनेको भोलिपल्ट चारजनाको शव सार्वजनिक चोकमा झुण्ड्याइएको हो ।
एकजना व्यापारी र उनका छोरालाई अपहरण गरेका कारण चारजनालाई मृत्युदण्ड दिइएको र चोकमा झुण्ड्याएको स्थानीय अधिकारीले बताएका छन् । हेरातका उप(गभर्नरले व्यापारी र उनका छोरालाई सकशुल उद्धार गरिएको जानकारी दिएका छन् ।
उप-गभर्नर माउलवाई सायरले भविष्यमा अपहरणका घटना रोक्न भन्दै शवलाई झुण्ड्याएर राखेको स्पस्ट पारेका छन् । एक व्यापारी र उनका छोरालाई अपहरण गरेको भन्ने थाहा पाएपछि उनीहरूलाई गोली हानी हत्या गरिएको उनको भनाइ थियो।
हेरातमा भएको पछिल्लो घटनाबाट तालिबानले इस्लामिक कानून शारिया अनुसार आफूहरूले शासन गर्ने सन्देश दिन खोजेको प्रस्ट हुन्छ । शारिया भनेको अपरिवर्तनीय ईश्वरीय नियम-कानून हो जुन लोकतन्त्र, मानवअधिकार जस्ता विषयसँग मेल खाँदैन । सामान्य अपराधमा समेत मृत्युदण्ड दिइने भएकाले यसलाई कतिपयले मानवताविरोधी ठान्छन् ।
दोषीलाई मृत्युदण्डको सजाय दिनु र मृत्युपछि सार्वजनिक स्थलमा झुण्ड्याएर तालिबानले आफूहरू अझै कडा इस्लामिक कानूनलाई अगाडि बढाउने पक्षमा रहेको सन्देश दिन खोजेको देखिन्छ ।
विश्वका कुनै पनि राष्ट्रले घोषितरूपमा आफ्नो सरकारलाई समर्थन नगरिसकेको अवस्थामा उदार बनेर विश्व समुदायको समर्थन लिनेभन्दा जुनसुकै मूल्य चुकाएर पनि कट्टरपन्थी बाटोमै हिंड्ने सन्देश तालिबानले दिन चाहेको छ ।
एजेन्सीको सहयोगमा
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
-
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
-
भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७ सय ८८ पुग्यो
-
रसुवा बाढी : सेनाद्वारा ४०९ जनाको हवाई उद्धार, त्रिशूली–३ को टनेलमा उद्धार कार्य जारी
-
खरेन्द्रपुरमा रक्तदान, १ सय ४५ पिन्ट रगत संकलन
विजयनगरमा सामुदायिक सहयोगीको तीन दिने तालिम
भदौ १३, २०८३
कपिलवस्तुकाे विजयनगर गाउँपालिका-६, बद्धौरमा सामुदायिक सहयोगी सम्बन्धी तीन दिने तालिम दिएकाे छ । जीआइजेडको साझेदारी, विजयनगर गाउँपालिकाको समन्वय तथा सहकर्मी…


