भारत लैजान लागिएको ७० लिटर डिजेलसहित ट्याक्टर बरामद
वीरगञ्ज । प्रहरीले पर्साबाट डिजेल चोरी निकासी गर्न प्रयोग गरिएको ट्याक्टर नियन्त्रणमा लिएको छ । लुकाएर राखिएको ७० लिटर डिजेलसहित ना ३ त २५६६ नम्बरको ट्याक्टर प्रहरीले नियन्त्रणमा लिएको हो ।
जानकीटोलको बाटो हुँदै अवैध रूपमा डिजेल चोरी निकासी भइरहेको सूचनाको आधारमा प्रहरी चौकी पाण्डेपुरबाट खटिएको टोलीले ट्याक्टर बरामद गरेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता डीएसपी ओमप्रकाश खनालले जानकारी दिए ।
जगरनाथपुर गाउँपालिका–२ स्थित सडकखण्डमा ट्याक्टरलाई रोकी जाँच गर्ने क्रममा चालक ट्याक्टर छाडेर भागेको उनले बताए । ७० लिटर डिजेलसहितको उक्त ट्याक्टर आवश्यक कारबाहीका लागि वीरगञ्ज भन्सार कार्यायमा बुझाइएको प्रहरीले जनाएको छ ।
डिजेलसहित ट्याक्टरको मूल्य ७ लाख ४ हजार ९ सय रुपैयाँ मूल्यांकन गरिएको डीएसपी खनालले बताए ।
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
-
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
-
भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७ सय ८८ पुग्यो
-
रसुवा बाढी : सेनाद्वारा ४०९ जनाको हवाई उद्धार, त्रिशूली–३ को टनेलमा उद्धार कार्य जारी
-
खरेन्द्रपुरमा रक्तदान, १ सय ४५ पिन्ट रगत संकलन
विजयनगरमा सामुदायिक सहयोगीको तीन दिने तालिम
भदौ १३, २०८३
कपिलवस्तुकाे विजयनगर गाउँपालिका-६, बद्धौरमा सामुदायिक सहयोगी सम्बन्धी तीन दिने तालिम दिएकाे छ । जीआइजेडको साझेदारी, विजयनगर गाउँपालिकाको समन्वय तथा सहकर्मी…


