कृष्णनगरमा हैजा फैलिएको आशङ्का, रातभरिमा ५० बढी बिरामी थपिए
कपिलवस्तु असोज २० कपिलवस्तुको कृष्णनगर नगरपालिकामा हैजा फैलिएको आशङ्का गरिएको छ । जिल्ला स्वास्थ्य कार्यालय कपिलवस्तु, प्रदेश स्वास्थ्य निर्देशनालयको अनुगमन टोलीले बिरामीको लक्षण र सङ्क्रमणको अवस्था हेर्दा हैजा फैलिएको आशङ्का गरेका छन् । रोगको पुष्टि गर्नका लागि केही बिरामीको दिसाको नमुना सङ्कलन गरी ल्याबमा पठाइएको जिल्ला स्वास्थ्य कार्यालय कपिलवस्तुका प्रमुख हेमराज पाण्डेले बताएका छन् ।प्रभावित क्षेत्रमा स्वास्थ्यकर्मीको टोली परिचालन भए पनि बिरामी आउने क्रम जारी रहेको शिवराज अस्पतालका चिकित्सक मुकेश चौधरीले बताए । मङ्गलवार साँझ ६ बजे सम्म १ सय २० जना शिवराज अस्पताल बहादुरगन्जमा भर्ना भएका थिए । भर्ना भएका मध्ये २० जना लाई थप उपचारका लागि बुटवल र तौलिहवा रेफर गरिएको छ । जिल्ला स्वास्थ्य कार्यालय कपिलवस्तुका अनुसार १३ जना बिरामीलाई कपिलवस्तु अस्पताल तौलिहवा र ८ जनालाई बुटवल तर्फ थप उपचारका लागि पठाइएको बताइएको छ । यता मङ्गलवार राती देखी बुधवार बिहान सम्म करिब ५० जना बिरामी थप भएको बताइएको छ । जम्मा प्रभावितको सङ्ख्या यकिन हुन सकेको छैन । चिकित्सक अभाव भएपछि उपचारका लागि प्रदेशबाट २ जना चिकित्सक पठाइएको छ । नगरपालिकाको वडा नं. ७,८र ९का सुखरामपुर, जमुनी, देवानगडिया, बहादुरगञ्ज, गणेसपुर, डावरा लगायतका बस्तीमा रोग फैलिएको छ । प्रभावित क्षेत्रमा बिरामीलाई निजी क्लिनिक र शिवराज अस्पतालका गल्ली, बरन्डा र विद्यालयमा राखी उपचार गरिएको छ । रोग फैलिदा २ जनाको मृत्यु भएको स्वास्थ्य कार्यालयले पुष्टि गरेको छ ।
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
-
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
-
भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७ सय ८८ पुग्यो
-
रसुवा बाढी : सेनाद्वारा ४०९ जनाको हवाई उद्धार, त्रिशूली–३ को टनेलमा उद्धार कार्य जारी
-
खरेन्द्रपुरमा रक्तदान, १ सय ४५ पिन्ट रगत संकलन
विजयनगरमा सामुदायिक सहयोगीको तीन दिने तालिम
भदौ १३, २०८३
कपिलवस्तुकाे विजयनगर गाउँपालिका-६, बद्धौरमा सामुदायिक सहयोगी सम्बन्धी तीन दिने तालिम दिएकाे छ । जीआइजेडको साझेदारी, विजयनगर गाउँपालिकाको समन्वय तथा सहकर्मी…


