रोकिएन झाडापखाला प्रकोप,चार सय बढी बिरामी

चन्द्रौटा,२० असोज
अस्पतालका बेड भरिएका छन् । बिरामीहरु आउने घुईचो छ । अन्य नागरिकहरुमा त्रास छ । अस्पताल अपुग भएपछि विद्यालयमा बिरामीहरुको उपचार भइरहेको छ । अहिले सम्म अस्पताल सँग सम्पर्कमा आएका बिरामीको सख्या ३ सय २८ पुगेकाे छ । अन्य स्थानिय मेडिकल,क्लिनिक तथा स्वास्थ्य संस्थामा उपचारत बिरामीहरुको सख्या १ सय भन्दा बढी रहेकाे छ ।
दुई दिन देखिको यो प्रकोप रोकिएको छैन । गत सोमवार वाट फैलिएको झाडापखलाका बिरामीहरु अहिले अस्पताल तथा निजि क्लिनिकमा उपचारत छन् । कपिलवस्तुको कृष्णनगर नगरपालिका ९ बहादु्रगञ्जमा रहेको शिवराज अस्पतालमा वेड अपुग भएपछि नजिकै रहेका दुई वटा विद्यालयमा बिरामीहरुलाई उपचार भइरहेको छ ।

मंगलवार साझ ४० जना विरामीलाई डिस्चार्ज गरेपनि बुधवार ति विरामी फेरी सिकिस्त भएर अस्पताल भर्न भएकाे अस्पताल प्रशासनले जनाएकाे छ ।

राम गोरखा माविमा अहिले ३५ जना र महेन्द्र आधारभुत विद्यालयमा १५ जना र शिवराज अस्पतालमा १४३ जना बिरामीकाे उपचार भइरहेको छ । शिवराज अस्पतालकाे सम्पर्कमा अाएकाे ३ सय २८ जना मध्धे अहिले १ सय ९३ जना अस्पतालमा उपचारत रहेका छन् । ३० जनालाई जिल्ला अस्पताल र प्रदेशिक अस्पताल रिफर गरिएकाे छ भने बुद्धवार साझा ६ बजे सम्मा १ सय ५ जना विरामी डिस्चर्ज भएकाे डा.मुकेश चाैधरीले जनाएका छन ।

बहादुरगन्ज , सुखरामपुर , देवानगढिया , जमुनी , दयानगर, विजयनगर ,जुमिला, डबरा लगायतका गाउँमा झाडापखाला र बान्ताका बिरामी निरन्तर बढ्दै गएको अस्पतालले जनाएको छ । बिरामीलाई अस्पतालले थेग्न सक्ने अवस्था नरहेको डा मुकेश चौधरीले बताउनुभयो ।
अहिले यस अस्पतालमा ७ जना डाक्टरहरले उपचार गरिरहेका छन् । प्रदेशवाट २ जना,जिल्लावाट ४ जना र एक जना यसै अस्पतालमा कार्यरत डाक्टरहरुले उपचार गरिरहेको बताइएको छ ।हिजो मात्रै प्रकोपका कारण दुई जनाको ज्यान गएको थियो । अस्पतालमा अहिले सम्म कसैको ज्यान नगएको अस्पताल प्रशासनले जनाएको छ । यदि यस्तै अवस्थामा रहेको खण्डमा उपचारको लागि औषधिको समेत समस्या हुन सक्ने स्वास्थ्यकर्मीको भनाई छ । दिशा र पानीको परिक्षणको रिपोर्ट अझै आइ नपुग्दा कारण भने पत्ता लागेको छैन ।
चेतनाको अभावका कारण सरसफाईमा ध्यान नदिँदा तथा दूषित पानीका कारण झाडापखालाको प्रकोप बढेको स्वास्थ्यकर्मीहरूको भनाई छ । यस समयमा स्थानीयहरूले दूषित पानीमा माछा मार्ने र त्यतिकै खाँदा बिरामी बढेको हुन सक्ने अनुमान रहेको छ ।

TOP