कपिलवस्तुका एसपी कार्की प्रदेशकै उत्कृष्ट प्रहरी हुदै सम्मानित
कपिलवस्तु : कपिलवस्तुमा सबैभन्दा धेरै अपराधि पक्राउ गर्न सफल भएका प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) दानबहादुर कार्की मुख्यमन्त्रीबाट सम्मानित भएका छन् ।६६ औं प्रहरी दिवसमा लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले प्रशंसा पत्रसहित सम्मान गरेका हुन् । लुम्बिनी प्रदेशका १२ जिल्लामध्ये चालु आर्थिक वर्षमा सबैभन्दा बढी फरार प्रतिवादी पक्राउ गर्न सफल भन्दै मुख्यमन्त्री केसीले एसपी कार्कीको उत्कृष्ट कार्यको सम्मान गरेका हुन् ।
कार्कीको सम्मानमा मुख्यमन्त्री केसीले प्रदेश राजधानीबाट पठाएको प्रशंसापत्र बुधबार प्रमुख जिल्ला अधिकारी चक्रपाणी पाण्डेले प्रदान गरे । प्रहरी दिवस समारोहमा जिल्लामा उत्कृष्ट कार्य गर्ने २ प्रहरी निरीक्षक, १ प्रहरी नायब निरीक्षक, १ प्रहरी सहायक निरीक्षक र २ प्रहरी हवल्दार गरी ६ जना प्रहरी कर्मचारीलाई पुरस्कारसहित कदरपत्र प्रदान गरिएको थियो ।
प्रहरी दिवसमा जिल्ला प्रहरी कार्यालयले विविध खेलकुद प्रतियोगिता, लामो दौड प्रतियोगिता, बजार सरसफाई र बृहद रक्तदान कार्यक्रमसमेतको आयोजना गरेको थियो । लामो दौड तथा विभिन्न खेल प्रतियोगितामा प्रथम, द्वित्तिय र तृतिय स्थान हासिल गरेका प्रहरी कर्मचारीलाई पुरस्कृत गरिएको थियो ।
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
-
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
-
भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७ सय ८८ पुग्यो
-
रसुवा बाढी : सेनाद्वारा ४०९ जनाको हवाई उद्धार, त्रिशूली–३ को टनेलमा उद्धार कार्य जारी
-
खरेन्द्रपुरमा रक्तदान, १ सय ४५ पिन्ट रगत संकलन
विजयनगरमा सामुदायिक सहयोगीको तीन दिने तालिम
भदौ १३, २०८३
कपिलवस्तुकाे विजयनगर गाउँपालिका-६, बद्धौरमा सामुदायिक सहयोगी सम्बन्धी तीन दिने तालिम दिएकाे छ । जीआइजेडको साझेदारी, विजयनगर गाउँपालिकाको समन्वय तथा सहकर्मी…


