माओवादी केन्द्रको स्थायी समिति बैठक आज पनि बस्दै
काठमाडौं : नेकपा (माओवादी केन्द्र)को आज पनि स्थायी समितिको बैठक बस्दैछ। अहिले केहीबेरमा पार्टी कार्यालय पेरिसडाँडामा बस्ने बैठकमा पार्टीको आगामी सम्मेलनबारे छलफल हुने प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिए।
पार्टीको राष्ट्रिय सम्मेलन, प्रदेश तथा स्थानीय तह सम्मेलन, पार्टी सदस्यता नवीकरण तथा विभाग गठनबारे बैठकमा हिजो विषय प्रवेश भएको र आज थप छलफल हुने महराले बताए।
आजको बैठकमा माओवादी केन्द्रले असोज मसान्तसम्म पार्टी सदस्यता नवीकरण तथा वितरण सम्पन्न गर्ने निर्णयअनुसारको प्रगतिको विषयमा छलफल हुनेछ। यस्तै‚ स्थानीय तह अन्गरगत वडा पार्टी कमिटी र जनवर्गीय संगठनका सम्मेलनबारे जानकारी लिने र गर्न बाँकीमा पहल गर्नेबारे बैठकमा छलफल हुनेछ।
माओवादी केन्द्रको राष्ट्रिय सम्मेलनका लागि टोल भेला कात्तिक ६ सम्म, वडा सम्मेलन कात्तिक १३ मा र स्थानीय तहको सम्मेलन मंसिर ४ मा गर्ने तय गरिएको छ। राष्ट्रिय सम्मेलन पुस ११ देखि १३ सम्म काठमाडौंमा हुँदैछ।
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
-
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
-
भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७ सय ८८ पुग्यो
-
रसुवा बाढी : सेनाद्वारा ४०९ जनाको हवाई उद्धार, त्रिशूली–३ को टनेलमा उद्धार कार्य जारी
-
खरेन्द्रपुरमा रक्तदान, १ सय ४५ पिन्ट रगत संकलन
विजयनगरमा सामुदायिक सहयोगीको तीन दिने तालिम
भदौ १३, २०८३
कपिलवस्तुकाे विजयनगर गाउँपालिका-६, बद्धौरमा सामुदायिक सहयोगी सम्बन्धी तीन दिने तालिम दिएकाे छ । जीआइजेडको साझेदारी, विजयनगर गाउँपालिकाको समन्वय तथा सहकर्मी…



ghanashyam