पहिरोले सडक अवरुद्ध हुँदा रानीमहल पुगेका पर्यटक अलपत्र
पाल्पा : अविरल वर्षासँगै गएको पहिरोले तानसेन-रानीमहल सडकखण्ड अवरुद्ध भएको छ। सडक सोमबार बिहानदेखि अवरुद्ध भएको हो।
सडक अवरुद्ध हुँदा रानीमहल घुम्न आएका पर्यटक अलपत्र परेका स्थानीय वसन्त कुवरले बताए। उनका अनुसार गाईघाट, बैकुण्ठभीर लगायत ४/५ ठाउँमा पहिरो गएको छ।
पर्यटक दुई गन्तव्यतर्फ जान पाएका छैनन्। उनीहरू गाडीमै सुतेका छन्। कोही सडकमै त्रिपाल टागेर सुत्न बाध्य भएको कुँवरले बताए। अहिलेसम्म पहिरो पन्छाउने सुरसार नभएको उनको भनाइ छ।
दशैंको टीका लगाएपछि उनीहरू यहाँ घुम्न आएका थिए। काठमाडौं, पोखरा, बुटवल, कपिलवस्तुलगायतका ठाउँबाट पर्यटक पाल्पाको पर्यटकीयस्थल रानीमहल घुम्न आएका हुन्।
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
-
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
-
भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७ सय ८८ पुग्यो
-
रसुवा बाढी : सेनाद्वारा ४०९ जनाको हवाई उद्धार, त्रिशूली–३ को टनेलमा उद्धार कार्य जारी
-
खरेन्द्रपुरमा रक्तदान, १ सय ४५ पिन्ट रगत संकलन
विजयनगरमा सामुदायिक सहयोगीको तीन दिने तालिम
भदौ १३, २०८३
कपिलवस्तुकाे विजयनगर गाउँपालिका-६, बद्धौरमा सामुदायिक सहयोगी सम्बन्धी तीन दिने तालिम दिएकाे छ । जीआइजेडको साझेदारी, विजयनगर गाउँपालिकाको समन्वय तथा सहकर्मी…



ghanashyam