तीन दिदीबहिनीको सामूहिक बलात्कार
काठमाडौं । राति भेट्न बोलाएर ९ जनाको समूहले तीन बालिकामाथि सामूहिक बलात्कार गरेको छ । कमलामाई नगरपालिका–५ बोझेका एकै घरका दिदीबहिनी र उनीहरुको आफन्त पर्नेमाथि सामूहिक बलात्कार भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।
प्रहरी निरीक्षक रामभक्त भट्टराईका अनुसार घटना गत शनिबार रातिको हो । ‘शनिबार राति ९ जना युवाहरुले बालिकालाई बोलाएर घरनजिकै बोझे खोला बगरमा लगी सामूहिक बलात्कार गरेको पुष्टि भएको छ,’ उनले भने । बलात्कृत हुने बालिका १५, १६ र १७ वर्षका हुन् ।
प्रहरीका अनुसार बलात्कार गर्ने एक जना र बलात्कृत हुने एक जना बालिकाको पहिलेदेखि नै चिनजान थियो । चिनजानको आधारमा ती युवकले बालिकालाई फोन गरेर भेट्न बोलाएका थिए । आफ्नै बहिनी र आफन्त बहिनी लिएर उनी भेट्न खोला बगरमा गइन् । त्यही बेला ९ जनाको समूहले तीनै जना बालिकामाथि सामूहिक बलात्कार गरेको प्रहरीको भनाइ छ । प्रहरीले ९ जनामध्ये ३ जनाले पक्राउ गरेको छ भने ६ जना फरार रहेका छन् । आजको अन्नपूर्ण पोष्ट दैनिकमा समाचार छ ।
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
-
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
-
भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७ सय ८८ पुग्यो
-
रसुवा बाढी : सेनाद्वारा ४०९ जनाको हवाई उद्धार, त्रिशूली–३ को टनेलमा उद्धार कार्य जारी
-
खरेन्द्रपुरमा रक्तदान, १ सय ४५ पिन्ट रगत संकलन
विजयनगरमा सामुदायिक सहयोगीको तीन दिने तालिम
भदौ १३, २०८३
कपिलवस्तुकाे विजयनगर गाउँपालिका-६, बद्धौरमा सामुदायिक सहयोगी सम्बन्धी तीन दिने तालिम दिएकाे छ । जीआइजेडको साझेदारी, विजयनगर गाउँपालिकाको समन्वय तथा सहकर्मी…



ghanashyam