भालुबाङमा खुल्यो मुख्यमन्त्रीको सम्पर्क कार्यालय
बुटवल । लुम्बिनी प्रदेशको स्थायी राजधानी दाङको भालुवाङमा मुुख्यमन्त्रीको सम्पर्क कार्यालय स्थापना गरिएको छ ।
प्रदेशको स्थायी राजधानी टुंगो लागेको एक वर्षपछि भालुबाङमा मुख्यमन्त्रीको सम्पर्क कार्यालय स्थापना भएको हो । कार्यालयको मुख्यमन्त्री कुलप्रसाद केसीले मंगलबार उद्घाटन गरे ।
सम्पर्क कार्यालयमा मुख्यमन्त्री कुलप्रसाद केसी रुपन्देहीबाट हरेक हप्ताको शुक्रबार जाने छन् भने मुख्यमन्त्रीका राजनीतिक सल्लाहकार र जनसम्पर्क सल्लाहकार नियमित बस्ने छन् ।
प्रदेशको स्थायी राजधानी रहेको भालुबाङ क्षेत्रमा हाल पर्यटन, ग्रामीण तथा शहरी विकास मन्त्रालय स्थापना गरिएको छ । तिहारपछि आर्थिक मामिला तथा शहकारी मन्त्रालय र भौतिक पूर्वाधार विकास मन्त्रालय पनि दाङ सार्ने तयारी सरकारले गरेको छ ।
मेस्सीद्वारा अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा
भदौ १६, २०८३
काठमाण्डौ – अर्जेन्टिनाका स्टार फुटबलर लियोनल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन् । करिब दुई दशक लामो राष्ट्रिय टोलीको…



ghanashyam