उज्बेकिस्तानमा नयाँ राष्ट्रपति चयनका लागि आज मतदान हुँदै
काठमाण्डाै – उज्बेकिस्तानमा नयाँ राष्ट्रपति चयनका लागि आज मतदान हुँदैछ । वर्तमान राष्ट्रपति शाभ्कात मिर्जियोयेभ पनि दोस्रो कार्यकालका लागि चुनावी प्रतिस्पर्धामा हुनुहुन्छ ।
वर्तमान राष्ट्रपति मिर्जियोयेभले सत्तारुढ दल लिबरल डेमोक्रेटिक पार्टीबाट उम्मेदवारी दिनु भएको हो । उहाँलाई चुनौती दिँदै नेशनल रिभिभाल डेमोक्रेटिक पार्टीका अलिशेर काडिरोभ, पिपुल्स डेमोक्रेटिक पार्टीका मक्सुदा भारिसोभ, जस्टिस सोसल डेमोक्रेटिक पार्टीका बाह्रोम अब्दुलिमोभ र इकोलोजी पार्टीका नार्जुलो अब्लोमुरोडोभले पनि उम्मेदवारी दिनु भएको छ ।
प्रारम्भिक मत सर्वेक्षणहरुले वर्तमान राष्ट्रपति मिर्जियोयेभले नै फेरि कार्यकाल दोहोर्याउने सम्भावना रहेको देखाएका अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । चुनावका लागि एक करोड ९० लाख मतदाताले मतदान गर्न पाउने निर्वाचन आयोगले जनाएको छ।
निर्वाचनको सुपरिवेक्षण गर्न ९ सय ७० भन्दा धेरै अन्तर्राष्ट्रिय पर्यवेक्षकहरु उज्बेकिस्तान पुगिसकेका छन् ।
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
-
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
-
भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७ सय ८८ पुग्यो
-
रसुवा बाढी : सेनाद्वारा ४०९ जनाको हवाई उद्धार, त्रिशूली–३ को टनेलमा उद्धार कार्य जारी
-
खरेन्द्रपुरमा रक्तदान, १ सय ४५ पिन्ट रगत संकलन
विजयनगरमा सामुदायिक सहयोगीको तीन दिने तालिम
भदौ १३, २०८३
कपिलवस्तुकाे विजयनगर गाउँपालिका-६, बद्धौरमा सामुदायिक सहयोगी सम्बन्धी तीन दिने तालिम दिएकाे छ । जीआइजेडको साझेदारी, विजयनगर गाउँपालिकाको समन्वय तथा सहकर्मी…



ghanashyam