लिभरपुलसँग युनाईटेडको लजास्पद हार, सलाहको ह्याट्रिक
एजेन्सी: इंग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुलले म्यानचेस्टर युनाईटेडमाथि सानदार जित निकालेको छ।
आइतबार राति भएको खेलमा लिभरपुलले १० खेलाडीमा समेटिएको युनाईटेडमाथि ५-० गोल अन्तरको जित निकालेको हो। युनाईटेडको घरेलु मैदानमा लिभरपुललाई जित दिलाउन मोहम्मद सलाहले ह्याट्रिक गरे। नेबी केइटा र डिएगो जोटाले एक एक गोल गरे।
खेलको पाँचौं मिनेटमा केइटाले गोल गर्दै लिभरपुललाई अग्रता दिलाएका थिए। १३ औं मिनेटमा जोटाले गोल गर्दा लिभरपुलको अग्रता २-० को बन्यो। खेलको ३८ औं मिनेटमा सलाहले गोल गर्दै टिमको अग्रता ३-०को बनाए । पहिलो हाफको इन्जुरी समयमा सलाहले व्यक्तिगत दोस्रो गोल गर्दै टोलीलाई ४-० को अग्रता दिलाए ।
त्यसपछि खेलको ५० औं मिनेटमा सलाहले ह्याट्रिक पूरा गरेपछि लिभरपुल ५-० ले विजयी भयो।
यस्तै खेलको ६० औं मिनेटमा पाउल पोग्बाले रातो कार्ड पाएपछि युनाईटेड १० खेलाडीमा समेटिएको थियो। केइटामाथि डरलाग्दो फउल गरेपछि पोग्बाले रातो कार्ड पाएका हुन्। चोट बोकेपछि केइटाको स्थानमा एलेक्स चेम्बरलिन मैदान प्रवेश गरेका थिए।
जितसँगै लिभरपुल लिगको दोस्रो स्थानमा उक्लिएको छ।
बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै
भदौ १५, २०८३
कृष्णनगर, १५ भदौ । कपिलवस्तुको बहादुरगञ्जमा आगामी २०८३ साल भदौ २० गते शनिबार निःशुल्क आँखा शिविर सञ्चालन हुने भएको छ…



ghanashyam