विजयनगरले हैजा नियन्त्रण गर्न जनचेतनाका लागि घरदैलो अभियान संचालन गर्दै

घनश्याम भर, विजयनगर ।

कपिलवस्तुको विजयनगर गाउँपालिकामा पनि हैजाका केही बिरामी देखिएकाले गाउँपालिकाले साेमबार बैठक बसी हैजा नियन्त्रण गर्न भोलिदेखि नागरिकलाई सचेत गराउन घरदैलो अभियान सञ्चालन गर्ने जनाएकाे छ । छिमेकी पालिका कृष्ण नगर नगरपालिका लगायत क्षेत्रमा हैजा फैलिएको पुष्टि भएकाेले विजयनगर पालिकाबासी नागरिकलाई समयमै सचेत गराउने स्वास्थ्य शाखा प्रमुख यज्ञ प्रसाद अधिकारी जानकारी दिनु भएको छ । विजयनगरमा ३ जनामा हैजा पुष्टि भएकोले सचेतना अभियान चलाउन थालिन लागेको उहाँले बताउनुभयो ।

विजयनगरका जनप्रतिनिधि क्रियाशील सबै संघ संस्थासहित स्वास्थ्यकर्मी, महिला स्वयंसेविका, शिक्षक, युवालाई अहिले फैलिएको हैजाकाे महामारीबाट बच्न र बचाउका लागि याे सचेतना अभियानमा लाग्न गाउँपालिकाले निर्णय गरेको उहाँले बताउनुभयाे ।

व्यक्तिगत सरसफाईमा विशेष ध्यान दिँदै हैजा र अन्य पानीजन्य सरुवा रोग रोकथाम गर्न खानेपानीको स्रोत सफा राख्न आवश्यक रहेकाे बताउनुभयो । उहाँले पटक पटक पखाला लाग्ने, वान्ता हुने, लगायत संकेत देखिन साथ स्वास्थ्य संस्था गई उपचार गराउन अनुरोध गर्नुभयो ।

खाना खानु अघि, खाना खाना खााएपछि, फोहोर छोएपछि र शाैचालय गएपछि साबुन पानीले हात धुने बानी बसाल्दा यो रोगको नियन्त्रण गर्न सकिने स्वास्थ्य शाखा प्रमुख अधिकारीले बताउनुभयो ।

गाउँपालिका अध्यक्ष गाेपाल बहादुर थापाले विजयनगरमा पनि हैजाका बिरामी देखिएकाले याे जनचेतनामुलक कार्यक्रम अभियानमा सबैलाई सक्रियतापुर्वक लाग्न अनुराेध गर्नु भएकाे छ । हैजाका लक्ष्ण देखिए तुरुन्त नजिकैको स्वास्थ्य संस्था मा लैजान आग्रह गर्नुभयो ।

TOP