नेकपा एमाले विजयनगर गाउँ कमिटी अध्यक्षमा खन्गाहा, सचिवमा सापकोटा चयन

विजयनगर । कपिलवस्तुको नेकपा एमाले विजयनगर गाउँ कमिटीको अधिवेशन सम्पन्न भएको छ । मंगलवार पालिका को सभा हल खडैचामा भएको अधिवेशन मा गोकर्ण प्रसाद सापकोटालाई अध्यक्ष पदमा सर्ब सम्मत चयन गरिएको छ ।

जसमा उपाध्यक्ष राम औतार यादव सचिव गोकर्ण प्रसाद सापकोटा उपसचिवमा सुनिता कुमारी थारु र अल्ताफ हुसेन खा सहित ५१ सदस्यीय रहने गरि गाउँ कमिटी गठन गरिएको नेकपा एमाले विजयनगरले जनाएको कार्यक्रम को प्रमुख अतिथि नेकपा एमाले केन्द्रिय सल्लाहकार परिषद सदस्य साधु राम खनालले पार्टीको निति सिद्धान्त र पद्धतिको अनुशरण गर्नु आवश्यक रहेको बताउनु भएको छ ।

कार्यक्रमलाई उद्घघाटन गर्दै पार्टीले सरकारमा रहदा संचालन गर्दा गरिएको कामलाई जनता माझ पुराउन आग्रह समेत गर्नु भएको थियो । कार्यक्रम को बिशिस्ट अतिथि नेकपा एमाले लुम्बिनी प्रदेश सदस्य मोहम्मद मुर्तजा बढइले अबको निर्वाचनमा नेकपा एमाले पहिलो पार्टी भएर आउने बिश्वास रहेको बताउदै ढुक्कसँग पार्टीको रहेक गतिविधिमा लाग्न अनुरोध गर्नु भयो ।

नेकपा एमाले जिल्ला सदस्य विजयनगर कृष्ण भण्डारी गोपाल बहादुर थापाले नव गठित कमिटीलाई शुभकामना मन्तव्य दिनु भएको थियो ।

TOP