फिल्मको सेटमा गोली चल्दा सिनेमाटोग्राफरको निधन
एजेन्सी । एलेक बाल्डविन आफ्नो सिनको रिहर्शल गर्दै थिए। जहाँ उनले आफ्नो शरिरमा लुकाएर राखेको बन्दुक निकालेर क्यामेरातर्फ ताक्नुपर्ने थियो।
एलेकले सिनमा गर्नुपर्ने जसरी नै कम्मरबाट बन्दुक निकाले र क्यामेरातर्फ ताके। सिनमा गर्नुपर्ने जसरी नै क्यामेरामै ताकेर बन्दुकको ट्रिगर दबाए। उता अर्को सिनको लागि क्यामेरा तयार पार्दै गरेकी सिनेमाटोग्राफर हलिना हचिन्स भुइँमा लडिन्।
बिहिबार अमेरिकाको न्यु मेक्सिकोमा छायांकन भइरहेको हलिउड फिल्म रस्ट सेटमा घटेको अप्रत्यासित घटनामा छायांकन हलिनाको निधन भयो। भने उनको पछि उभिएका निर्देशक जोल सुजा घाइते भए।
यो घटनापछि रस्ट फिल्मको निर्माण टोली र हलिउडको चौतर्फी आलोचना भइरहेको छ। एलेकका अनुसार उनलाई त्यो बन्दुकमा गोली छैन भनिएको थियो। घटनाबारे पुलिसले थप अनुसन्धान गरिरहेको छ।
छायांकन टिमका एक सदस्य रिड रसेलका अनुसार बन्दुक चलेको बेलामा क्यामेरा रोल भएको थिएन। रसेलले भने, एलेक बन्दुक प्रयोग हुने सिनको लागि निकै सावधानीका साथ काम गरिरहेका थिए। उनी कोही बालकलाकार त्यो बन्दुकको नजिक नआओस भन्नेमा उनी होसियार थिए।
निर्देशक सुजाका अनुसार हलिनाको छातीमा गोली लागेको थियो। त्यसपछि उनी भुइँमा लडिन्। रसेलका अनुसार बिस्तारै हलिनाले आफ्नो खुट्टातिर इशारा गर्दै केही महशुस नभएको बताएकी थिइन्। पछि अस्पताल लगेपछि उनको निधन भएको थियो।
आफूले उक्त सिनमा लाइभ राउण्ड फायर नहुने कुरा पहिले नै भनेको पुलिसलाई बताएका छन्। यतिबेला पुलिसले थप अनुसन्धान गरिरहेको छ र रस्टलाई सस्पेन्ड गरिएको छ। एलेक र टिमका सबै सदस्यले पुलिसलाई अनुसन्धानमा सहयोग गरिरहेको बताएका छन्।
४२ वर्षकी हलिना लामो समय पत्रकारिता गरेर २०१५ देखि फिल्म सिनेमाटोग्राफरको काममा लागेकी थिइन्। उनले अहिलेसम्म एउटा टेलिभिजन सिरिज र आधा दर्जनभन्दा बढी फिल्ममा काम गरिसकेकी छन्। यस वर्ष मात्रै उनले द म्याड ह्याटर नामक फिल्मको छायांकन गरेकी थिइन्।
उक्त घटनापछि एलेकले आफू ठूलो शोकमा रहेको बताएका छन्। उनले ट्विट गर्दै लेखेका छन्, यस दुखद दुर्घटनाको बारेमा मेरो दुःख व्यक्त गर्न कुनै शब्द छैन। यो घटना कसरी घट्यो भनेर पत्ता लगाउन पुलिसलाई म सहयोग गर्नेछु। म हलिनाको परिवारसँगै छु।
सन १९८७ देखि फिल्म क्षेत्रमा प्रवेश गरेका एलेक हलिउडका लोकप्रिय अभिनेता मध्येमा पनि गनिन्छन्।
विश्वको सबैभन्दा ठूलो फिल्म उद्योग मानिने हलिउडमा यस्तो घटना घटेको यो पहिलो पटक भने होइन। यसअघि सन १९९३ मा द क्राउ को सेटमा ब्रुस लिका छोरा ब्राण्डन लिको पनि प्रोप गनका कारण मृत्यु भएको थियो। त्यतिबेला उनी २८ वर्षका थिए।
त्यस्तै १९८४ मा कभर अपको सेटमा २६ वर्षका जोन एरिक हेक्समको पनि सुटिङमा प्रयोग भएको प्रोप गन साँचिकै पड्कँदा निधन भएको थियो।
पछिल्लो घटनापछि हलिउड फिल्मको सुरक्षा व्यवस्थामा गम्भिर प्रश्न उठ्न थालेको छ।
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
-
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
-
भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७ सय ८८ पुग्यो
-
रसुवा बाढी : सेनाद्वारा ४०९ जनाको हवाई उद्धार, त्रिशूली–३ को टनेलमा उद्धार कार्य जारी
-
खरेन्द्रपुरमा रक्तदान, १ सय ४५ पिन्ट रगत संकलन
विजयनगरमा सामुदायिक सहयोगीको तीन दिने तालिम
भदौ १३, २०८३
कपिलवस्तुकाे विजयनगर गाउँपालिका-६, बद्धौरमा सामुदायिक सहयोगी सम्बन्धी तीन दिने तालिम दिएकाे छ । जीआइजेडको साझेदारी, विजयनगर गाउँपालिकाको समन्वय तथा सहकर्मी…



ghanashyam