अब्दुल्लाह अल्मुताइरी तीन वर्ष नेपालमै रहने
काठमाडौं : नेपाली फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले अखिल नेपाल फुटबलस सङ्घ (एन्फा) सँग तीन वर्ष सम्झौता थप गरेका छन्। एन्फाका अध्यक्ष कर्माछिरिङ शेर्पा र कतार फुटबल एशोसिएशनसँग भएको छलफलपछि कुवेती प्रशिक्षक अल्मुताइरीले थप तीन वर्षको लागि सम्झौता गरेको एन्फाका अध्यक्ष कर्मा छिरिङ शेर्पाले जानकारी दिए।
माल्दिभ्समा गत असोजमा सम्पन्न साफ च्याम्पियनसिप फुटबलमा नेपाललाई फाइनलमा पुर्याएका अल्मुताइरी त्यतैबाट कुवेत फर्किएका थिए। भारतविरुद्ध फाइनल खेल्नुअघि उनले उक्त खेल नेपाली टोलीसँग अन्तिम खेल रहेको र नेपाल नफर्कने लगभग पक्काजस्तै भएको बताएका थिए।
साफ च्याम्पियनसिपमा नेपाल भारतसँग ३–० गोलअन्तरले पराजित हुँदै उपविजेता बनेको थियो। मुख्य प्रशिक्षक अल्मुताइरीले तीन वर्ष नेपालको प्रशिक्षक रहन आफू सहमत भएको जानकारी सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्। उनले छिट्टै आगामी दुई वर्षको लक्ष्य र योजना प्रस्तुत गर्ने पनि सामाजिक सञ्जालमार्फत उल्लेख गरे।
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
-
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
-
भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७ सय ८८ पुग्यो
-
रसुवा बाढी : सेनाद्वारा ४०९ जनाको हवाई उद्धार, त्रिशूली–३ को टनेलमा उद्धार कार्य जारी
-
खरेन्द्रपुरमा रक्तदान, १ सय ४५ पिन्ट रगत संकलन
विजयनगरमा सामुदायिक सहयोगीको तीन दिने तालिम
भदौ १३, २०८३
कपिलवस्तुकाे विजयनगर गाउँपालिका-६, बद्धौरमा सामुदायिक सहयोगी सम्बन्धी तीन दिने तालिम दिएकाे छ । जीआइजेडको साझेदारी, विजयनगर गाउँपालिकाको समन्वय तथा सहकर्मी…



ghanashyam