नेपाल समूह चरणबाटै बाहिरियो

काठमाडौं : नेपाल  एएफसी यू-२३ एसियन कप छनोटमा नेपाल समूह  चरणबाटै बाहिरिएको छ। गएराति आयोजक ताजकिस्तानसँग ६-० गोल अन्तरले पराजित हुँदै नेपालले लगातार दोस्रो हार ब्यहोरेको हो। नेपाल पहिलो खेलमा  इरानसँग ४-० गोल अन्तरले पराजित भएको थियो। ताजकिस्तानसँगको हारसँगै नेपाल छनोटको समूह चरणबाटै बाहिरिएको छ ।

ताजकिस्तानलाई जित दिलाउन शेर्भोनी माबत्शोएभ, शारफजोन सोलेहोभ, रुस्तम सोइरोभ, मुहम्मादली अजिजबोएभ, भादत हानोनोभ र इमोमाली अखामादखोनले एक एक गोल गरे।

ताजिकिस्तान यो लगातार दोस्रो जित हो। पहिलो खेलमा ताजकिस्तानले लेबनानलाई हराएको थियो।अब नेपालले अन्तिम खेलमा नेपालले लेबनानसँग आइतबार खेल्नेछ।

TOP