एमालेको १० औँ महाधिवेशनमा १५ सय ३६ प्रतिनिधि सहभागी हुने
काठमाण्डाै – नेकपा एमालेले दशाैँ राष्ट्रिय महाधिवेशनमा एक हजार पाँच सय ३६ जना प्रतिनिधि सहभागी हुने भएका छन् ।
ललितपुरमा रहेको तुलसीलाल स्मृति प्रतिष्ठानमा आज बिहीवार बसेको स्थायी कमिटी बैठकले एक हजार पाँच सय ३६ जना प्रतिनिधिहरू सहभागी गराउने निर्णय गरेको हो ।
यो निर्णयलाई केन्द्रीय कमिटी बैठकबाट अनुमोदन गराउने पार्टीका प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिनुभयो । उहाँका अनुसार भूगोल कमिटीबाट एक हजार एक सय ९६ जना प्रतिनिधि छानिने छन् ।
बाँकी गैर–भूगोलबाट तीन सय ४० जना प्रतिनिधि छानिने छन् । एमालेको दशाैँ महाधिवेशन आउँदो मङ्सिर १० गतेदेखि १२ गतेसम्म चितवनमा हुँदैछ ।
मेस्सीद्वारा अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा
भदौ १६, २०८३
काठमाण्डौ – अर्जेन्टिनाका स्टार फुटबलर लियोनल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन् । करिब दुई दशक लामो राष्ट्रिय टोलीको…



ghanashyam