पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता नभए संघर्ष गर्ने ६ विद्यार्थी संगठनको चेतावनी
काठमाडौं : पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा विद्यार्थी संगठनहरू एकजुट भएका छन्। पेट्रोल र खाना बनाउने ग्याँसको मूल्यवृद्धि भएपछि ६ विद्यार्थी संगठनले मूल्यवृद्धि फिर्ता लिन माग गरेका हुन्।
शनिबार माओवादी केन्द्र निकट अखिल (क्रान्तिकारी) अध्यक्ष पञ्चा सिंह, नेकपा (एकीकृत समाजवादी) निकट अनेरास्ववियु अध्यक्ष सुदेश पराजुली, समाजवादी विद्यार्थी यूनियनका अध्यक्ष रूपनारायण श्रेष्ठ, अखिल छैठौंका अध्यक्ष देवेन्द्र कुँवर र अखिल (क्रान्तिकारी) अध्यक्ष प्रकाश शाही र अखिल (क्रान्तिकारी) अध्यक्ष हरिकृष्ण गजुरेलले विज्ञप्ति जारी गर्दै मूल्यवृद्धि फिर्ता गर्न माग गरेका हुन्।
संयुक्त विज्ञप्तिमा भनिएको छ, ‘दैनिक जनजीवनसँग प्रत्यक्ष सरोकार राख्ने पेट्रोल, डिजेल र मट्टीतेलजस्ता पदार्थमा चाडबाडको समयमा गरिएको मूल्यवृद्धि र त्यसले समग्र क्षेत्रमा पार्ने प्रभावले जनताको ढाड सेक्ने काम गरेको छ। बहुसंख्यक जनताले निम्न आयमा गुजारा गर्नुपर्ने हाम्रो जस्तो मुलुकमा सरकार नियन्त्रित आयल निगमको केवल तेलको व्यापारीको जस्तो भूमिका किमार्थ स्वीकार्य छैन।’
आयल निगमभित्र भएका भ्रष्टाचार, चुहावट, अनियमितता र बेथिति अन्त्य गर्दै जनतालाई सहुलियत दरमा पेट्रोलियम पदार्थ उपलब्ध गराउन विभिन्न उपाय खोजी गर्नेतर्फ उदासीन रही केवल अन्तरराष्ट्रिय बजारको मूल्य समायोजनको हवाला दिँदै गरिएको एकोहोरो मूल्यवृद्धिप्रति ध्यानाकर्षण भएको उनीहरूले जनाएका छन्।पटक पटक र पछिल्लो पटक गतराति १२ बजेबाट लागु हुने गरी गरिएको पेट्रोलियम पदार्थको मूल्यवृद्धि तत्काल खारेज गर्न जोडदार माग गर्दै बेवास्ता गरिए कडा संघर्षमा उत्रन बाध्य हुने उनीहरूले चेतावनी समेत दिएका छन्।

-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
-
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
-
भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७ सय ८८ पुग्यो
-
रसुवा बाढी : सेनाद्वारा ४०९ जनाको हवाई उद्धार, त्रिशूली–३ को टनेलमा उद्धार कार्य जारी
-
खरेन्द्रपुरमा रक्तदान, १ सय ४५ पिन्ट रगत संकलन
विजयनगरमा सामुदायिक सहयोगीको तीन दिने तालिम
भदौ १३, २०८३
कपिलवस्तुकाे विजयनगर गाउँपालिका-६, बद्धौरमा सामुदायिक सहयोगी सम्बन्धी तीन दिने तालिम दिएकाे छ । जीआइजेडको साझेदारी, विजयनगर गाउँपालिकाको समन्वय तथा सहकर्मी…



ghanashyam