माओवादीलाई सिध्याउन प्रचण्डमाथि हमला भयो : शर्मा
हेटौंडा : अर्थमन्त्री जनार्दन शर्माले माओवादीलाई समाप्त गर्न प्रचण्डमाथि हमला भएको बताएका छन्।
आइतबार हेटौंडामा भएको वाइसिएल हेटौंडाको प्रथम नगर सम्मेलनलाई सम्बोधन गर्दै माओवादी स्थायी कमिटी सदस्य समेत रहेका अर्थमन्त्री शर्माले यस्तो बताएका हुन्। उनले संविधानमाथि हमला गरेका प्रतिगमनकारी तत्वले माओवादी समाप्त गर्न प्रचण्डमाथि हमला गर्ने काम भइरहेको बताए।
‘समाजवादको लक्ष्यतर्फ अघि बढ्नका लागि भए पनि माओवादी र प्रचण्डको रक्षा गर्नुपर्छ’, उनले भने। शर्माले संविधानमाथि हमला गर्ने प्रतिगमनकारी तत्त्वसँग लडेर संविधानको रक्षा गर्न गठबन्धन सरकार बनेको बताए। उनले प्रतिगमनकारीको चुनौती स्विकार्दै पुनः उनीहरूलाई पराजित गर्ने चुनौती दिए।
मन्त्री शर्माले माओवादीले प्रत्येक वडामा ३ वटा एकाइ गठन गर्ने र सो एकाइलाई उत्पादनसँग जोडेर युवालाई रोजगार बनाउने योजना रहेको सुनाए। शर्माले आगामी पु्ससम्म माओवादीले ३० लाख संगठित शक्ति निर्माण गर्ने दाबी समेत गरे।
उनले माओवादीले सहिद, घाइते र बेपत्ता पारिएको परिवारलाई ध्यान दिन नसकेको भन्दै उनीहरूसँग सहकार्य गरेर माओवादी अघि बढ्ने बताए। शर्माले पार्टीको निर्देशनविपरीत नजाने भन्दै प्रचण्डसमक्ष शपथ खाएर मात्रै आफू सरकारमा गएको भन्दै पार्टीको योजनाअनुसार देश र जनताको हितमा काम गर्ने जिकिर गरे।
कार्यक्रममा सरकारले गरेको कामहरूको फेहरिस्त सुनाएका मन्त्री शर्माले देशभर बन्द रहेका उद्योगलाई पुनः सञ्चालनमा ल्याउने सरकारको योजना र तयारी रहेको बताए। उनले हेटौंडामा लामो समयदेखि बन्द रहेको कपडा उद्योग पनि चाँडै सञ्चालनमा ल्याइने जानकारी दिए।
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
-
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
-
भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७ सय ८८ पुग्यो
-
रसुवा बाढी : सेनाद्वारा ४०९ जनाको हवाई उद्धार, त्रिशूली–३ को टनेलमा उद्धार कार्य जारी
-
खरेन्द्रपुरमा रक्तदान, १ सय ४५ पिन्ट रगत संकलन
विजयनगरमा सामुदायिक सहयोगीको तीन दिने तालिम
भदौ १३, २०८३
कपिलवस्तुकाे विजयनगर गाउँपालिका-६, बद्धौरमा सामुदायिक सहयोगी सम्बन्धी तीन दिने तालिम दिएकाे छ । जीआइजेडको साझेदारी, विजयनगर गाउँपालिकाको समन्वय तथा सहकर्मी…



ghanashyam