कपिलवस्तुमा एक युवकले गरे साथीसँग मिलेर बुवाको हत्या
कपिलवस्तु – कपिलवस्तुको विजयनगर गाउँपालिका–९ का चन्द्रबहादुर थापाको हत्यामा संलग्न भएको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा विजयनगर ६ का २६ वर्षीय जयन पुन मगर र विजयनगर ९ का २४ वर्षीय मुकेश महरा छन् ।
मगर थापाका झड्केला छोरा हुन् । आफ्नी आमालाई दुःख दिएको आरोपमा उनले महराको सहयोग लिएर हत्या गरेको प्रहरीले जनाएको छ । थापाको कात्तिक ४ गते विजयनगर गाउँपालिका–५ बनगाईस्थित पोखरीमा शव फेला परेको थियो । प्रहरीले घटना शंकास्पद देखेपछि अनुसन्धान थालिएको थियो । त्यसदिन राति थापालाई मगरले बोलाएर स्कुटरमा लगेका थिए ।
लगेपछि मगर र महरा दुबैले कुटपिट गरी हत्यापछि पोखरीमा शव फालेको प्रहरीले जनाएको छ । आफू र आफ्नी आमालाई घरमा बस्न नदिएको रिसमा हत्या गरेको बयान उनले दिएको प्रहरी नायब उपरीक्षक धर्मराज भण्डारीले बताउनुभयो ।
थापाले घरमा बस्न नदिएपछि आमासहित मगर विजयनगर ६ मा बस्दै आएका थिए । त्यदिन महरा र मगर दुबैले मादक पदार्थ सेवन गरेका थिए। दुबैले राति १० बजे थापालाई बोलाई लु४६प ४१८९ मा चढाएर विजयनगर–५ पोखरीनजिक पु¥याएका थिए। कुटपिट गर्दा ज्यान गएपछि पोखरीमा फालिदिएका थिए । दुबैलाई कर्तव्य ज्यान मुद्दामा थुनामा राखेर अनुसन्धान थालिएको भण्डारीले बताउनुभयो ।
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
-
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
-
भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७ सय ८८ पुग्यो
-
रसुवा बाढी : सेनाद्वारा ४०९ जनाको हवाई उद्धार, त्रिशूली–३ को टनेलमा उद्धार कार्य जारी
-
खरेन्द्रपुरमा रक्तदान, १ सय ४५ पिन्ट रगत संकलन
विजयनगरमा सामुदायिक सहयोगीको तीन दिने तालिम
भदौ १३, २०८३
कपिलवस्तुकाे विजयनगर गाउँपालिका-६, बद्धौरमा सामुदायिक सहयोगी सम्बन्धी तीन दिने तालिम दिएकाे छ । जीआइजेडको साझेदारी, विजयनगर गाउँपालिकाको समन्वय तथा सहकर्मी…



ghanashyam