यात्रुबहाक बसमा आगो लाग्यो, १२ जना घाइते
ढल्केवर : तुलसीपुर दाङ्गबाट विराटनगरतर्फ जाँदै गरेको बस धनुषाको धनुषाधाम नगरपालिका ६ मालटोलस्थित पूर्वपश्चिम लोकमार्ग दुर्घटना हुँदा बसको पुरै भाग जलेर नष्ट भएको छ भने १२ जना यात्रु घाइते भएका छन् ।
बुधबार बिहान ८ बजे ना ६ ख ७१०२ नम्बरको बसको सन्तुलन बिग्रेपछि सडकबाट तल खस्दा दुर्घटना भएको इलाका प्रहरी कार्यालय ढल्केवरले जनाएको छ ।सडकबाट तल खसेको बसमा आफै आगो लागेको इप्रका ढल्केवरका प्रहरी निरीक्षक प्रदीप सुवेदीले बताए। उनले पल्टिने क्रममा तेल टंयाकी फुटन गई बसमा आगो लागेको प्रारम्भिक अनुमान गरिएको छ।
बसमा सवार यात्रुमध्ये १२ जना घाइते भएको छ। घाइतेहरुको नाम ठेगाना तत्काल खुल्न सकेको छैन। तर घाइते हुनेमा सात जना महिला, चार जना पुरुष र एक जना बालक रहेको प्रनि सुवेदी जानकारी दिए। घाइते मध्ये १० जनाको पुष्पवलपुर स्थित एक नीजि स्वास्थय उपचार केन्द्रमा दुई जनाको लालगढस्थित मोडेल अस्पतालमा उपचार भइरहेको छ भने बाँकी यात्री सकुशल रहेको छ।
बसमा लागेको आगो ढल्केवरस्थित दंगा नियन्त्रण गणका सशस्त्र प्रहरी र इलाका प्रहरी कार्यालय ढल्केवर जनपद प्रहरीले बरुण यन्त्रको मद्दतले नियन्त्रण लिइएको छ। आगोमा परी अधिकांश यात्रुको समान समेत जलेर नष्ट भएको छ।
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
-
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
-
भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७ सय ८८ पुग्यो
-
रसुवा बाढी : सेनाद्वारा ४०९ जनाको हवाई उद्धार, त्रिशूली–३ को टनेलमा उद्धार कार्य जारी
-
खरेन्द्रपुरमा रक्तदान, १ सय ४५ पिन्ट रगत संकलन
विजयनगरमा सामुदायिक सहयोगीको तीन दिने तालिम
भदौ १३, २०८३
कपिलवस्तुकाे विजयनगर गाउँपालिका-६, बद्धौरमा सामुदायिक सहयोगी सम्बन्धी तीन दिने तालिम दिएकाे छ । जीआइजेडको साझेदारी, विजयनगर गाउँपालिकाको समन्वय तथा सहकर्मी…



ghanashyam