मणिपाल अस्पतालकाे लगानीकर्ता बनाउने भन्दै ५० लाख ठगी
काठमाडौं : प्रहरीले विभिन्न व्यक्तिबाट ५० लाख रुपैयाँ ठगी गरेको आरोपमा एक भारतीय नागरिकलाई पक्राउ गरेको छ।
महानगरीय अपराध महाशाखाको टोलीले भारत तामिलनाँडु घर भई काठमाडौं महानगरपालिका–४ बालुवाटार बस्ने ४४ वर्षीय शिवम विरुमुथु चेटियारलाई पक्राउ गरेको हो।
उनले आफू मेडिकल व्यवसायी रहेको र पोखरास्थित मणिपाल अस्पताल खरिद गर्ने भारतीय लगानीकर्तासँग कुराकानी भई सम्झौतापत्र तयारीसमेत भइसकेको भनेर झुट्टा कागजात र कुराकानी तयार गरेर ठगी गरेको प्रहरीले जनाएको छ।
उनले बिभिन्न ब्यक्तिलाई अस्पतालमा लगानीकर्ता बनाउने प्रलोभन देखाई ठगी गर्ने गरेको महाशाखाले जनाएको छ। प्रलोभनमा पारेर एक जनाको स्वामित्वमा रहेको जमिनको लालपूर्जा समेत आफ्नाे नियन्त्रणमा लिई ठगी गर्ने गरेको खुलेको महाशाखाले जनाएको छ।
नेपालस्थित बिभिन्न बैंक तथा वित्तिय संस्थामा ठूलो परिमाणमा आफ्नो नाममा संस्थापक शेयर रहेको भनि झुट्टा कागजात तथा बिवरण देखाएर पनि उनले ठगी गरेको पाइएको छ।
महाशाखाका अनुसार उनले अन्तराष्ट्रिय रेडक्रसको डाईरेक्टर हुँ भनि नक्कली परिचय पत्र देखाई नेपाल सरकारका उच्च अधिकारीसँग समेत निकट सम्बन्ध कायम रहेको देखाउने गरेका छन्।
बिभिन्न ब्यक्तिका नेपाली नागरिकताको प्रमाणपत्र आफ्नो साथमा राखेर नागरिकतामार्फत बैंक खाता संचालन गरी ठगीमार्फत आएको रकम जम्मा लगायत भुक्तानी लिने गरेको सूचना पाएपछि उनलाई पक्राउ गरिएको महाशाखाले जनाएको छ।
उनले बिभिन्न ब्यक्तिबाट पटक–पटक गरि ५० लाख रुपैयाँ ठगी गरेको देखिएकाको तथा अन्य ब्यक्तिलाई पनि ठगी गरेको देखिएकोले थप अनुसन्धान भइरहेको महाशाखाले जनाएको छ। पक्राउ परेका उनलाई कारबाहीका लागि महानगरीय प्रहरी परिसर, टेकु पठाइएको महाशाखाले जनाएको छ।
पक्राउ परेका व्यक्ति २०७२ जेठ २२ गते पक्राउ परि वैदेशिक रोजगारीसम्बन्धी कसुरमा डिल्लीबजार कारागारमा दुई वर्ष कैद तथा साढे तीन लाख रुपैयाँ तिरेर रिहा भएको महाशाखाले जनाएको छ।
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
-
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
-
भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७ सय ८८ पुग्यो
-
रसुवा बाढी : सेनाद्वारा ४०९ जनाको हवाई उद्धार, त्रिशूली–३ को टनेलमा उद्धार कार्य जारी
-
खरेन्द्रपुरमा रक्तदान, १ सय ४५ पिन्ट रगत संकलन
विजयनगरमा सामुदायिक सहयोगीको तीन दिने तालिम
भदौ १३, २०८३
कपिलवस्तुकाे विजयनगर गाउँपालिका-६, बद्धौरमा सामुदायिक सहयोगी सम्बन्धी तीन दिने तालिम दिएकाे छ । जीआइजेडको साझेदारी, विजयनगर गाउँपालिकाको समन्वय तथा सहकर्मी…



ghanashyam