अर्घाखाँचीका सागरले बनाए ‘ब्याक गियर’ भएको ‘इलेक्ट्रोनिक’ बाइक
अर्घाखाँची ।
अर्घाखाँचीको सन्धिखर्क नगरपालिका १ पाणिनी चोकमा बस्ने कक्षा १२ मा अध्ययनरत सागर पोख्रेलले ब्याक गियर सहितको इलेक्ट्रोनिक बाइक बनाउनुभएको छ । बुटवलबाट बिदाको समयमा घरमा बस्न आउनुभएका पोख्रेल बिदाको समयलाई सदुपयोग गरी कुनै तालिमविना इलेक्ट्रोनिक बाइक बनाउनुभएको हो ।
घर वरिपरि नै रहेका खेर जाने वस्तु तथा बजारबाट आवश्यक वस्तुको सङ्कलन गरी ब्याक गियर सहितको इलेक्ट्रोनिक बाइक बनाएको सागर पोख्रेलको भनाइ छ । कसैबाट सहयोग पाएमा व्यावसायिक रूपमा इलेक्ट्रोनिक मोटरसाइकल निर्माण गर्न सकिने उहाँको भनाइ छ ।
उहाँले निर्माण गरेको बाइक अर्घाखाँचीको टुँडिखेलमा डेमो प्रदर्शन गरिएको छ । बुटबलमा सब–ओभरसियर विषय पढ्दै गर्नुभएका सागरले निर्माण गरेको बाइकको एक औपचारिक कार्यक्रमको आयोजना गरी टुँडिखेलमा दौडाएका हुन् ।
सन्धिखर्क नगरपालिकाका मेयर कमलप्रसाद भुसाल, उपमेयर ठाकुरकुमार विक, जिल्ला शिक्षा समन्वय इकाइका प्रमुख मणिराम पराजुली, सन्धिखर्क १ का वडाध्यक्ष युवराज बन्जाडे, १२ का वडाध्यक्ष नारायण खड्कालगायतको उपस्थितिमा बाइकको डेमो प्रदर्शन गरिएको हो ।
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
-
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
-
भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७ सय ८८ पुग्यो
-
रसुवा बाढी : सेनाद्वारा ४०९ जनाको हवाई उद्धार, त्रिशूली–३ को टनेलमा उद्धार कार्य जारी
-
खरेन्द्रपुरमा रक्तदान, १ सय ४५ पिन्ट रगत संकलन
विजयनगरमा सामुदायिक सहयोगीको तीन दिने तालिम
भदौ १३, २०८३
कपिलवस्तुकाे विजयनगर गाउँपालिका-६, बद्धौरमा सामुदायिक सहयोगी सम्बन्धी तीन दिने तालिम दिएकाे छ । जीआइजेडको साझेदारी, विजयनगर गाउँपालिकाको समन्वय तथा सहकर्मी…



ghanashyam