चन्द्रौटा उद्योग वाणिज्य संघद्वारा अग्निपीडित व्यवसायीलाई सहयोग
माधव बेल्वासे, कपिलवस्तु (चन्द्रौटा)। चन्द्रौटा उद्योग वाणिज्य सङ्घद्वारा अग्नि पीडित दुई युवा व्यवसायीलाई सहयोग गरिएको छ । आगलागी वाट पूर्ण रूपमा क्षति भएकोले सङ्घको पहलमा केही रकम र पलाई सहयोग प्रदान गरेको सङ्घका अध्यक्ष जम्सेद मियाँले बताउनुभयो । उद्योगी तथा व्यवसायीको लगानी जोखिममा रहेकोले यो विपले पाठ सिकाउने हुँदा हरेस नखान अध्यक्ष मियाँले सुझाव दिनुभयो ।
नगद ५२ हजार ८ सय र डेढ लाख बरावरको ८१ पिस पलाई पसल सञ्चालक विष्णु भुसाल र बाबुराम गिरीलाई प्रदान गरिएको महासचिव दमन भाट(नारायण) ले बताउनुभयो । पुराना सामाग्री नष्ट भएकोले अब पुन नयाँ तरिकाले व्यवसाय सञ्चालन गर्दा आवश्यक सहयोग गर्ने संघका वरिष्ठ उपाध्यक्ष ईश्वरी प्रसाद पाण्डेले बताउनुभयो ।
बिमाको पहल र बैक कारोबारको लागि सङ्घले आवश्यक पक्रियामा सहयोग गर्ने भन्दै थप ऊर्जाका साथ व्यवसाय सञ्चालन गर्नुपर्नेमा जोड दिनुभयो । शिवराज नगरपालिका ५ चन्द्रौटामा रहेका चन्द्रौटा फिक्स सप र ल्यापटप हस्पिटलमा गत मगंलवार राती आगलागी भएको थियो । राती करिव १० बजे लागेको आगोले ९० लाख बढीको क्षती भएको थियो । दुबै पसलका सबै सामाग्रीहरु नष्ट भएका थिए ।
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
-
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
-
भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७ सय ८८ पुग्यो
-
रसुवा बाढी : सेनाद्वारा ४०९ जनाको हवाई उद्धार, त्रिशूली–३ को टनेलमा उद्धार कार्य जारी
-
खरेन्द्रपुरमा रक्तदान, १ सय ४५ पिन्ट रगत संकलन
विजयनगरमा सामुदायिक सहयोगीको तीन दिने तालिम
भदौ १३, २०८३
कपिलवस्तुकाे विजयनगर गाउँपालिका-६, बद्धौरमा सामुदायिक सहयोगी सम्बन्धी तीन दिने तालिम दिएकाे छ । जीआइजेडको साझेदारी, विजयनगर गाउँपालिकाको समन्वय तथा सहकर्मी…



ghanashyam