युवा नेता अमर पौडेलको महाधिवेशन प्रतिनिधिमा उमेदवारी

कपिलबस्तु । कपिलबस्तुको निर्वाचन क्षेत्र नम्बर ३ का प्रभावशाली युवा नेता अमर पौडेल सानै उमेर देखि बिद्यार्थी आन्दोलनमा लाग्दै राजनिती यात्रा सुरु गरेका बिद्यार्थी नेता हुन स्कुल पढ्दा देखिनै नेबि संघमा रहेर संगठन निर्माण र बिद्यार्थी आन्दोलनमा होमिएका पौडेल बिद्यार्थी आन्दोलन र तरुण आन्दोलन गर्दै राजनितिकमा कहिले बिबादिन नभइ राजनिती यात्रा गरेका छन ।

तरुणदलको जिल्ला सचिवमा रहेर काम गर्दा कपिलवस्तुको पश्चिम क्षेत्रमा दर्जनौ युवा आन्दोलनमा सरिक भएर सफल नेत्तृत्व गरि सकेका छन भने दर्जनौ प्रभावशाली युवाहरुलाइ काग्रेसमा प्रबेस गराएका पनि छन । नेपाली काग्रेशको १४ ओै महाधिवेशनमा युवा नेता पौडेलले केन्द्रीय महाधिवेशन प्रतिनिधिमा उमेदवारी दिने घोषणा गरेका छन ।

राजनितिमा युवा पुस्ताको केन्द्रीय राजनितीमा पहुच कमजोर भइरहेको अबस्थामा आगामी अधिबेशनमा युवा पंक्तिलाई पनि केन्द्रिय राजनितिमा सहभागी हुने अधिकार रहन्छ भन्ने संदेश देशभरि दिन पनि आफ्नो उमेदवारी रहेको पौडेलले बताउछन ।
केन्द्रीय महाधिवेशन प्रतिनिधिमा अधिकांश पाका उमेरका मात्र आंकाक्षी हुने परिपाटी अन्त्य गर्दौ युवापुस्ता लाई राजनितिमा रहेको बढ्दो बितिष्णा हटाउन युवाहरु मुलधारको राजनिति आउनु जरुरी रहेको पौडेलको भनाइ छ ।

१४ ओै महाधिवेशनमा कम उमेरमा महाधिवेशन प्रतिनिधि मध्ये आफू निर्वाचित बनेर जानेका कपिलवस्तुका सबै क्षेत्रिय प्रतिनिधीहरु मतदान गर्नेमा बिश्वास रहेको उनले बताए ।

TOP