कपिलवस्तु एमालेमा १८ प्रतिनिधी निर्विरोध,उच्च समाबेशी स्वरुपमा छानिएको अध्यक्ष पोखरेलको दावी

कपिलवस्तु । नेकपा  एमालेले कपिलबस्तुका ३ वटै निर्वाचन क्षेत्रवाट सर्बसहमत रुपमा १८ जना महाधिबेशन प्रतिनिधी चयन गरेको छ । क्षेत्र नं १ वाट २ महिला सहित ८ जना ,क्षेत्र नं २ वाट १ महिला सहित ४ जना ,क्षेत्र नं ३ वाट १ महिला सहित ४ जना र दलित निर्वाचन क्षेत्रवाट १ महिला सहित २ जना , जनजाती तर्फ १ जना गरी जम्मा १८ जना छानिएका हुन् । 

महाधिबेनकालागि छानिएका प्रतिनिधी तर्फ ५ महिला , २ मुसलमान , २ मधेसी , २ दलित सहित समाबेशी रुपमा छानिएका छन् । महाधिबेशनमा खासगरी क्षेत्र नं १ ,३ र दलितवाट १÷१ जना यूवा समेत छानिएका छन् । यसका आधारमा यूवा समेत समाबेशी रुपमा छानिएको भन्दै एमाले कपिलवस्तुका अध्यक्ष झविलाल पोखरेलले एमाले साँचो अर्थमा   सबैको साझा भएको दावि गर्नु भयो ।  

विधान अनुसार पूर्ण समाबेशी रुपमा  महाधिबेशन प्रतिनिधी चयन भएका हुन्  । सबै भन्दा पछिल्लो विवरण अनुसार क्षेत्र नं ३ मा लामो कसरत पछि सर्बसहमत रुपमा  १ महिला सहित ४ प्रतिनिधी छानिएका छन्। जस अनुसार जिल्ला नेता उपेन्द्र खनाल , टोपलाल पोखरेल , मेहताव आलम र कमला भुसाल छानिएका हुन् । 

यसैगरी  गएराती अवेर सम्मको कसरत पछि क्षेत्र नं. २ मा समेत सर्बसहमत नेतृत्व चयन गरिएको छ  ।जसनुसार जिल्ला उपाध्यक्ष बाबुराम खनाल प्रदेश नेता टेकराज पौडेल र आजाद अहमद दर्जी  सर्बसहमत रुपमा चयन हुनु भयो भने महिला तर्फ लक्ष्मी न्यौपाने निर्वचित हुनु भएको हो । 

यता क्षेत्र न १ मा हिजो साझ नै सर्वसम्मत रुपमा ८ जना महाधिवेशन  प्रतिनिधी छनौट भएका छन् । जस अनुसार जिल्ला अध्यक्ष झविलाल पोख्रेल, प्रदेश सांसद विष्णु पन्थी, प्रदेश नेता डम्मर शर्मा, उपसचिव विश्राम चौधरी, जिल्ला नेता घरभरन यादव, र विश्व कार्की सर्वसम्मत रुपमा चयन हुनुभएको हो ।  यसै गरी महिला तर्फ प्रभा पौडेल र शान्ता पाण्डे छनौट हुनु भएको छ । 

क्षेत्र नं ४ महिला र २२ पुरुष गरि २६ जनाले उम्मेदवारी दिएकोमा सर्वसहमतीका लागि ८ जनावाहेक अरु सबैले उम्मेदवारी फिर्ता गरेको निर्वाचन समिती संयोगक ताराजन घिमिरेले जानकारी दिनुभयो ।  क्षेत्र नं २मा समेत २५ जना र क्षेत्र नं ३मा १५ जनाले उम्मेदवारी दिएका थिए । 

यता दलित तर्फवाट कपिलवस्तुमा २ जना चयन हुनु भएको छ । नेकपा एमालेको १०औं राष्ट्रिय महाधिवेशनमा कपिलवस्तु जिल्लामा दलित निर्वाचन क्षेत्रवाट शान्तिदेवी हरिजन र  सि बी गहतराज  सर्वसम्मत रुपमा निर्वाचित हुनु भएको हो । नेकपा एमालेको १०औ राष्ट्रिय महाधिवेशन यहि मंसिर १० देखि १२ गते सम्म चितवनमा हुदै छ । 

TOP