राष्ट्रिय महिला क्रिकेट टोली आज कतार जाँदै
काठमाडौं : नेपालको राष्ट्रिय महिला क्रिकेट टोली आज कतार जाँदैछ। कतारसँग टी-२० क्रिकेट खेल्नका लागि टोली त्यसतर्फ प्रस्थान गर्न लागेको हो।
विश्वकपको एसिया छनोटको तयारीमा रहेको नेपालले कतारसँग तीन म्याचको टी-२० सिरिज खेल्न लागेको हो। नेपाल क्रिकेट संघ (क्यान)का अनुसार टोली आइतबार बिहान सवा ९ बजे कतार प्रस्थान गर्नेछ।
नेपाली टिमले केही दिनअघि बंगलादेशमा तयारी सकेर स्वदेश फर्किएको थियो। बंगलादेशमा रहँदा नेपाली टिमले बंगलादेशको स्थानीय टिमसँग त्रिकोणात्मक सिरिज खेलेको थियो। उक्त सिरिज नेपाली टिमले जितेको थियो। क्यानले विश्वकपको एसिया छनोटका लागि नेपाली टिम नोभेम्बर १९ मा दुबई प्रस्थान गर्ने जनाएको छ।
मेस्सीद्वारा अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा
भदौ १६, २०८३
काठमाण्डौ – अर्जेन्टिनाका स्टार फुटबलर लियोनल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन् । करिब दुई दशक लामो राष्ट्रिय टोलीको…



ghanashyam