चन्द्रौटामा बृहत रक्तदान कार्यक्रम सम्पन्न, ७५ प्वाइन्ट रगत संकलन

कपिलवस्तु । व्यापार संघ कपिलवस्तुको आयोजनामा आइतवार चन्द्रौटामा बृहत रक्तदान कार्यक्रम सम्पन्न भएको छ । संघले विश्व मधुमेह दिवशको अवसर पारेर आयोजना गरेको वृहत रक्तदान कार्यक्रम गरिुएको हो । रक्त संचार केन्द्र बुटवलको प्राविधिक सहयोगमा सम्पन्न वृहत रक्तदान कार्यक्रममा ७५ प्वाइन्ट रगत संकलन भएको ब्यापार संघ कपिलवस्तुका महा सचिव गोपाल प्रसाद वन्जाडेले जानकारी दिनु भयो ।

शिवराज नगरपालिकाका नगर प्रमुख नेत्रराज अधिकारीले स्वस्थ मान्छेले रक्तदान गर्दा कुनै हानी नोक्सानी नहुने भएकाले रक्तदान गर्नु स्वास्थ्यका लागि फाइदाजनक रहेको बताउनु भयो ।

रक्तदान कार्यक्रममा ब्यापार संघ कपिलवस्तुका अध्यक्ष महादेव पोख्रेलले रगत नपाएर कसैले पनि ज्यान गुमाउनु नपरोस् भनेर नै कार्यक्रमलाई निरन्तरता दिइएको बताउनुभयो ।

TOP